चीन विश्वको आर्थिक पुनरुत्थानको निरन्तर स्टेबलाइजर
2021-09-15 20:57:06cri
Share with:

हाल कोरोना डेल्टा भाइरस विश्वमा फैलिँदैछ। विश्वको आर्थिक पुनरुत्थान प्रक्रियामा असर परेको छ। यस्तो पृष्ठभूमिमा चीनले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्यांक डेटाप्रति अन्तर्राष्ट्रिय समाजद्वारा ध्यान दिइएको छ।

चीन विश्वको आर्थिक पुनरुत्थानको निरन्तर स्टेबलाइजर_fororder_1122

धेरै विश्लेषककाअनुसार, चीन विश्वको आर्थिक पुनरुत्थानको स्टेबलाइजर निरन्तर रुपमा बनेको छ। पहिलो, चीनको दुईतर्फी लगानीले विश्वको आर्थिक पुनरुत्थानका लागि शक्ति थपेको छ। चीन सधैं नै विश्वको लगानीको लोकप्रिय गन्तव्य हो। चीनको बजारले महामारीको पृष्ठभूमिमा विश्वका उद्योग-व्यवसायहरूलाई मूल्यवान विकास मौका उपलब्ध गराएको छ।

दोस्रो, चिनियाँ कारखानाहरूले महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा आपूर्ति र आवश्यकताको ठूलो अभाव थपिदिँदैछन्। चीन र मुख्य आर्थिक समूहबीचको आर्थिक तथा व्यापारिक आवत-जावत अझै घनिष्ठ भएको छ। साथै चीन र नवोदित बजारबीचको व्यापारिक सहकार्य निरन्तर रुपमा बलियो भएको छ। चीनको अर्थतन्त्र र विश्व अर्थतन्त्रको गहिरो मिश्रण जारी छ। विश्वको आर्थिक पुनरुत्थान चीनको मद्दत चाहन्छ।

चीन विश्वको आर्थिक पुनरुत्थानको निरन्तर स्टेबलाइजर_fororder_3344

हाल अनिश्चितता रहेको विश्व अर्थतन्त्रका लागि चीनको अर्थतन्त्रको स्थिर पुनरारम्भ निकै महत्वपूर्ण छ। विश्वव्यापीकरण र संरक्षणवादको असरमा चीनले सधैं नै ढोका खोलेको, खुलापनलाई विस्तार गरेको र विश्व अर्थतन्त्रलाई महामारीको असरबाट पुनरुत्थान हुन मद्दत दिएको छ।