राष्ट्राध्यक्ष सी चिनफिङदवारा स्वैदको निरीक्षण भ्रमण
2021-09-15 10:51:07cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख पल्लो शानसीको युलिन शहर मातहतको स्वैद जिल्लाको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँ अघिपछि गरी चिनियाँ कम्युनिष्ट पार्टी स्वैद शाखा परिषदको पुरानो स्थल, स्वैद माध्यमिक स्कुल, स्वैद जिल्लाको गैर भौतिक सांस्कृतिक सम्पदा सङ्ग्रहालय र चाङ च्या पेन बस्ती मातहतको हाउच्या गाउँको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमण क्रममा उहाँले चिनियाँ पार्टीको गौरवान्वित परम्परा र उत्कृष्ट भावनाको प्रचार प्रसार गर्ने, विद्यार्थीहरूको पूर्ण विकास र स्वस्थ रूपमा हुर्कने कार्यलाई प्रबर्द्धन गर्ने, पम्परागत सांस्कृतिक संरक्षण र उत्तराधिकारलाई अघि बढाउने तथा ग्रामीण क्षेत्रको पुनरूत्थानलाई तीव्रता दिने आदि विषयको अनुसन्धान र निरीक्षण गर्नुभएको छ।