राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पैतौ नेभिगेशनको प्रयोग सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई शुभकामना सन्देश
2021-09-16 10:48:51cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १६ तारिख पैतौ नेभिगेशनको प्रयोग सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले हाल विश्वमा डिजिटिलाइजेसनको विकास दिनप्रति दिन तीव्र रूपमा अघि बढ्नुका साथै नेभिगेशन सूचना र सेवा नयाँ ढाँचाको महत्वपूर्ण आधारभूत प्रबन्धको रूपमा विकसित भइसकेको औंल्याउनुभएको छ।

 

पैतौ नेभिगेशन प्रणाली चिनियाँ जनताका लागि मात्र नभई विश्वका विभिन्न मुलुकका जनताका लागि फाइदाजनक हुने बताउँदै राष्ट्राध्यक्ष सीले विभिन्न पक्षहरूसँगै मिलेर पैतौ नेभिगेशन प्रणालीको निर्माण र व्यावसायिक विकासलाई अघि बढाउनुका साथै विश्व उपग्रह नेभिगेशन कार्यको प्रगतिलाई पनि प्रवर्द्धन गर्दै जान चीन इच्छुक रहेको पनि बताउनुभएको छ।

 

पैतौ नेभिगेशनको प्रयोग सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन सेप्टेम्बर १६ तारिख चीनको हुनान प्रान्तको छाङशा शहरमा शुरू भएको छ।