चीन र आशियानबीच वार्ता सम्बन्धको स्थापना भएको तीसौँ वार्षिकोत्सव
2021-09-16 20:35:17cri
Share with:

चीन र आशियानबीच वार्ता सम्बन्धको स्थापना भएको तीसौँ वार्षिकोत्सव_fororder_rp5

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले सेप्टेम्बर १५ तारिख वरिपरिका चार मुलुकको भ्रमण समाप्त गर्नुभएको छ। उहाँको भियतनाम, कम्बोडिया, सिंगापुरको भ्रमणमा ध्यान दिइएको छ। राजनीतिक पारस्परिक विश्वास, महामारीको रोकथाम, आर्थिक सहयोगबाट हेर्दा यस पटकको भ्रमणले चीन र आशियान मुलुकहरूबीचको सहकार्यले बाह्य शक्तिको हस्तक्षेप प्रतिरोध गर्न सकेको, क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्न सकेको कुरा देखाएको छ।

चालू वर्ष चीन र आशियानबीच वार्ता सम्बन्ध स्थापनाको तीसौं वार्षिकोत्सव हो। दुई पक्षका लागि यो विशेष वर्ष हो। चीनका परराष्ट्र मन्त्रीको भ्रमणले चीनले दक्षिण-पूर्वी एशियाली मुलुकहरूसँग महामारीको संयुक्त रुपमा प्रतिरोध तथा व्यावहारिक सहकार्य सबल पार्ने सदिच्छा देखिएको छ।