अमेरिकाले बेलायत र अस्ट्रेलियालाई बेचेको हुनसक्छ
2021-09-17 17:10:13CRI
Share with:

अमेरिकाले बेलायत र अस्ट्रेलियालाई बेचेको हुनसक्छ_fororder_0917ruiping-1

सेप्टेम्बर १७ तारिख फ्रान्सले अमेरिकासँग चेसापिक युद्ध भएको २४० औँ वार्षिकोत्सव संयुक्त रुपमा मनाउने योजना बनाएको छ। तर एक दिनअघि अर्थात् १६ तारिख अमेरिका, बेलायत, अस्ट्रेलियाले आकस्मिक रुपमा इन्डो-प्रशान्त सुरक्षा गठबन्धनको स्थापना गर्ने कुराको घोषणा गरेका छन् र चीनको विरुद्ध परमाणु पनडुब्बी प्रविधि बाँड्ने र उत्पादन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यसबाट फ्रान्स र अस्ट्रेलियाले हस्ताक्षर गरेका परमाणु पनडुब्बीको ठेक्का पत्र रोकिएको छ। त्यसैले फ्रान्सले मनाउने तय गरेको निर्धारित कार्यक्रम रद्द गरेको छ।

केही इन्टर्नेट प्रयोगकर्ताकाअनुसार, अमेरिकाले पैसा छानेको छ तर साथी छानेको छैन, अमेरिकाले युद्ध छानेको छ तर शान्ति छानेको छैन। वास्तवमा अमेरिकाले निजी हित खोज्नका लागि गठबन्धन मित्र त्याग्ने परम्परा छ। “अमेरिकाको प्राथमिकता”को विचारमा अमेरिकाले गठबन्धन मित्रलाई राजनीतिक हित खोज्ने उपकरणको रुपमा अपनाएको छ। त्यसैले अमेरिकाले सिर्जना गरेको गठबन्धन मित्र प्रणाली सुस्त छ।

अमेरिकाले बेलायत र अस्ट्रेलियालाई बेचेको हुनसक्छ_fororder_0917ruiping-2

अमेरिका र अस्ट्रेलियाबीच हितको द्वन्द्व छ। गत वर्षको जुन महिनामा अस्ट्रेलिया र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको बेला अमेरिकाले अस्ट्रेलियाले चीनतर्फ निर्यात गर्ने अर्डर पत्र लुटेको थियो।

अमेरिकाजस्तै मित्र भएमा कसले शत्रु चाहन्छ? यूरोपेली परिषदका भूतपूर्व अध्यक्ष डोनाल्ड टस्कले उक्त कुरा बताउनुभएको हो।