शनचौ १२ मानववाहक अन्तरिक्ष उडानको कार्यभार सफल
2021-09-17 15:18:12cri
Share with:

शनचौ १२ मानववाहक अन्तरिक्ष उडानको कार्यभार सफल_fororder_航天

पैचिङ समय अनुसार सन् २०२१ सेप्टेम्बर १७ तारिख दिउँसो १ बजेर ३४ मिनेट जाँदा शनचौ १२ नम्बर मानववाहक अन्तरिक्ष यानको कोर मोड्यूलले चीनको तुङ फङ अवतरण स्थलमा सफलताका साथ अवतरण गरेको छ। साथसाथै अन्तरिक्ष उडानका अन्तरिक्षयात्री नेहाइ शङ, लिउ पोमिङ र याङ होङ पो सुरक्षित र सुचारू रूपमा कोर मोड्यूलबाट बाहिरिएका छन्। ती अन्तरिक्षयात्रीहरूको अवस्था निकै राम्रो देखिन्छ। त्यसैगरी अन्तरिक्ष केन्द्रको पहिलो मानववाहक अन्तरिक्ष उडानको कार्यभार पनि सफलताका साथ सम्पन्न भएको छ।

शनचौ १२ मानववाहक अन्तरिक्ष उडानको कार्यभार सफल_fororder_航天2

शनचौ १२ मानववाहक अन्तरिक्ष उडानको कार्यभार सफलताका साथ सम्पन्न भएबाट अन्तरिक्ष केन्द्रको निर्माण र सञ्चालनका लागि अझ बलियो जग बसालेको छ।