फ्रान्सद्वारा अमेरिका र अस्ट्रेलियाका लागि फ्रान्सेली राजदूतहरू फिर्ता बोलाएको
2021-09-18 20:18:13CRI
Share with:

फ्रान्सद्वारा अमेरिका र अस्ट्रेलियाका लागि फ्रान्सेली राजदूतहरू फिर्ता बोलाएको_fororder_0918ruiping3-1

स्थानीय समय अनुसार सेप्टेम्बर १७ तारिख राती फ्रान्सले असामान्य घोषणा गरेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि फ्रान्सेली राजदूतहरू फिर्ता बोलाएको छ। इतिहासमा फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि राजदूतहरू फिर्ता बोलाएको यो पहिलो पटक हो। फ्रान्सका विदेश मन्त्री जिन भेस ले ड्रेनले एउटा वक्तव्यमा उक्त निर्णय राष्ट्रपतिको आग्रह बमोजिम अमेरिका र अस्ट्रेलियाले सेप्टेम्बर १५ तारिख घोषणा गरेको “असामान्य गम्भीर अवस्था”को प्रतिक्रिया भएको बताउनुभयो।

उक्त “असामान्य गम्भीर अवस्था” भनेको अमेरिका र अस्ट्रेलियाले सोही दिन नयाँ सुरक्षा गठबन्धन स्थापना गर्ने घोषणा गरेका थिए भने  अस्ट्रेलियाले फ्रान्ससँग हस्ताक्षर गरेको पनडुब्बी ठेक्का पत्र तोडेको र अस्ट्रेलियाले अमेरिकासँग सहकार्य गर्ने निर्णय गरेको छ। त्यसैले फ्रान्सले राजदूत फिर्ता बोलाएको छ।

फ्रान्सद्वारा अमेरिका र अस्ट्रेलियाका लागि फ्रान्सेली राजदूतहरू फिर्ता बोलाएको_fororder_0918ruiping3-2

फ्रान्स अमेरिकाको २४० वर्षको गठबन्धन मित्र हो। इतिहासमा फ्रान्स र अमेरिकाबीच फरक अडान थियो तर हालजस्तै विश्वास भंग भएको अवस्था थिएन। अर्को दृष्टिकोणबाट हेर्दा गठबन्धन मित्रबारे अमेरिकाको धारणा स्वार्थी र असभ्य हो। अमेरिकाको स्वार्थ छ, त्यसैले सच्चा मित्र छैन। यूरोपले रणनीतिक स्वतन्त्रता खोज्ने र भविश्यलाई आफ्नो हितमा लिने समय आयो।