“चीनको अडान”ले शांगहाई सहयोग संगठनलाई विकासको नयाँ प्रक्रियामा अगाडि बढाउने
2021-09-18 18:16:34CRI
Share with:

“चीनको अडान”ले शांगहाई सहयोग संगठनलाई विकासको नयाँ प्रक्रियामा अगाडि बढाउने_fororder_0918ruiping1

सेप्टेम्बर १७ तारिख शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औं बैठकमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो तरीकामार्फत् सम्बोधन गर्नुभएको छ। उहाँले “शांगहाई भावना” सकारात्मक रुपमा प्रस्तावित गर्नुभएको छ भने शांगहाई सहयोग संगठनको भावी विकासबारे “पाँच सूत्रीय प्रस्ताव” प्रस्तुत गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाजको विचारमा सीको सम्बोधनले शांगहाई सहयोग संगठनलाई विकासको नयाँ प्रक्रियामा अगाडि बढाउने र विश्वको दीर्घकालीन शान्ति र साझा समृद्धि बढाउने छ।

चालू वर्ष शांगहाई सहयोग संगठनको स्थापना भएको बीसौं वार्षिकोत्सव हो। शांगहाई सहयोग संगठनका सदस्य मुलुकहरू नयाँ ढाँचाको क्षेत्रीय संगठनको सहयोग र विकास बाटो सफलताका साथ हिँडेका छन्।

एकता र सहकार्यको बाटो हिँड्नु, सुरक्षा र खतराको संयुक्त रुपमा सामनाको बाटो हिँड्नु, खुलापन र पारस्परिक सम्पर्कको बाटो हिँड्नु, एक अर्कालाई सिक्ने बाटो हिँड्नु र निष्पक्ष र न्यायिक बाटो हिँड्नु जस्ता पाँच सूत्रीय प्रस्ताव राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभयो। उहाँका पाँच सूत्रीय प्रस्तावले शांगहाई सहयोग संगठनको भावी विकासका लागि दिशानिर्देश गर्नुका साथै चीनले क्षेत्रीय र विश्वको स्थिरता र समृद्धिप्रति जिम्मेवारी वहन गरेको देखाएको छ।

आज शांगहाई सहयोग संगठन इतिहासको नयाँ शुरुवातमा रहेको छ। एक घोषणा पत्र, श्रृंखलाबद्ध निर्णय-प्रस्तावहरू, वैज्ञानिक नवीकरण र खाद्य सुरक्षाआदि क्षेत्रहरूको सहयोगात्मक वक्तव्यहरूले उक्त शिखर सम्मेलनको प्रशस्त उपलब्धिको साक्षी गरेका छन्। खासगरी चीनले प्रस्ताव गरेका श्रृंखलावद्ध नयाँ अडान, नयाँ प्रस्ताव, नयाँ कदम शांगहाई सहयोग संगठनले “शांगहाई भावना”लाई कायम राखेर मानव भाग्य समुदायको सिर्जना गर्ने बाटोमा निरन्तर रुपमा अगाडि हिँड्न र क्षेत्रीय तथा विश्वको स्थिरता र विकासका लागि योगदान दिनका लागि हितकर हुने छ।