प्रजातन्त्र कसैको पेटेन्टे होइन
2021-09-23 20:53:58cri
Share with:

प्रजातन्त्र कसैको पेटेन्टे होइन_fororder_IMG_0756(20210923-203733).JPG

“प्रजातन्त्र कुनै पनि मुलुकको पेटेन्टे होइन, बरू त्यो नै विभिन्न मुलुकका जनताको अधिकार हो।” सेप्टेम्बर २२ तारिख आयोजित ७६ औं संयुक्त राष्ट्र संघको महासभाको सामान्य बहसमा महत्वपूर्ण सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त धारणा प्रस्तुत गर्नुभएको हो। त्यसपछि अमेरिकाका लागि चिनियाँ राजदुतले कार्टर सेन्टर र जर्ज बुश अमेरिका चीन सम्बन्ध कोषलाई सम्बोधन गर्दै चिनियाँ ढाँचाको प्रजातन्त्रको अर्थबारे स्पष्ट रूपमा प्रकाश पार्नुभएको छ।

चीनमा जनता नै प्रजातन्त्रको केन्द्रबिन्दु हो। निर्वाचन होस् वा राजनीतिक पार्टी व्यवस्था लागु गर्ने उद्देश्य उपयुक्त व्यक्तिको छनोट गरी देशको राम्रोसँग व्यवस्थापन गर्नुका साथै जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्नु रहेको छ। त्यो एक किसिमको “सम्पूर्ण प्रकियामा चल्ने जन प्रजातन्त्र” रहेको हो।

प्रजातन्त्र टेबुलमा राखिएको चीज होइन। त्यसको के कस्तो भूमिका रहेको छ भन्ने अपेक्षाकृत महत्वपूर्ण विषय हो। चीनमा लागु भइरहेको जनताबाट आउने, जनतामाझ जाने, जनतासँगै बस्ने र सबै प्रयास जनताका लागि गरिने प्रजातान्त्रिक राजनीति एकदमै उपयुक्त र तथ्यसँग ज्यादै खेल खाएको देखिन्छ। तथ्यबाट के प्रमाणित छ भने चिनियाँ ढाँचाको प्रजातन्त्रबाट देखाइएको व्यवस्थापन उपलब्धिले विश्वलाई निकै आश्चर्य पारेको छ।