सबैभन्दा झुटो बोल्ने अमेरिकाले विश्वमा महामारी नियन्त्रणको नेतृत्व गर्ने?
2021-09-24 18:57:58cri
Share with:

सबैभन्दा झुटो बोल्ने अमेरिकाले विश्वमा महामारी नियन्त्रणको नेतृत्व गर्ने?_fororder_IMG_0772(20210924-185705).JPG

सेप्टेम्बर २२ तारिख अमेरिकी राष्ट्रपति जोन बाइडेनले अध्यक्षता गर्नुभएको ‘विश्वव्यापी कोरोना महामारी भिडियो शिखर सम्मेलन’ आयोजित भएको छ। सम्मेलनमा बाइडेनले विश्वमा महामारी प्रतिरोधी क्षेत्रमा अमेरिकी योगदानबारे पटक पटक उल्लेख गर्नुभएको छ। साथै उहाँले बैदेशिक खोप सहायता योजनालाई पनि सार्वजनिक गर्नुभएको छ। तापनि अमेरिकाले सो सम्मेलन आयोजना गरेको अवसर र वर्णन गरेको महान लक्ष्यप्रति संचारमाध्यमले ठूलो प्रश्न उठाएका छन्।

विश्वमा महामारी प्रतिरोधी प्रथम विफल मुलुक अमेरिकामा हालसम्म ४ करोड २५ लाख संक्रमित भएको निश्चित गरिसकेको छ भने ६ लाख ८० हजार नागरिक मरिसकेका छन्।

स्पष्ट कुरा के हो भने महामारी प्रतिरोध क्षेत्रमा यति नराम्रो नतिजा पाएकाले विश्वमा महामारी प्रतिरोधी क्षेत्रमा नेतृत्वको मूल्याङ्कन कसरी गर्ने? यो कति व्यंग्यात्मक! वास्तवमा महामारीपछि अमेरिकी राजनीतिज्ञहरूले विश्वलाई दिएको सबभन्दा बढी काम योगदान होइन बरू रानजनीतिक भाइरस हो। यस्तो पृष्ठभूमिमा संयुक्त राष्ट्र संघको महाधिवेशनको अवसर पारेर अमेरिकाले आयोजना गरेको कथित महामारी प्रतिरोधी शिखर सम्मेलनको पछाडि लुकेको राजनीतिक चेष्टा स्पष्ट देखिन्छ।

बाइडेनले सम्बोधन गर्दै भन्नुभएको छ, ‘अमेरिकाले अरूलाई अनुदान दिएको खोप अन्य कुनै मुलुकको भन्दा बढी भएको र थप ५० करोड डोज खोप अनुदान दिनेछ।’ यसबारे अन्तर्राष्ट्रिय समाजले शंका व्यक्त गर्दै कामभन्दा गफ मात्रै अमेरिकाले गरेको दाबी गरेको छ।

साथै अमेरिकाले फेरि एक पटक सार्वजनिक गरेको छ कि विश्वमा महामारीलाई जित्ने अत्यावश्यकता बुझ्नुपर्ने र एकताबद्ध हुनुपर्छ। यसबारे अमेरिकाको कथनी र करणी एउटै खालको हो कि भन्ने प्रश्न उठाइएको छ। सबैभन्दा झुटो बोल्ने अमेरिकाले विश्वमा महामारी प्रतिरोधको नेतृत्व गर्न सक्छ र? अमेरिकी राजनीतिज्ञले महामारीलाई राजनीतिकरण गर्ने गलत कामलाई तुरून्तै बन्द गर्नुपर्छ र स्वदेशमा महामारी प्रतिरोध तथा नियन्त्रणलाई व्यावहारिक बनाउनु पर्छ।