मङ वान चौ स्वदेश फर्कनुबाट सीपीसीले जनताका लागि प्रशासन गरेको प्रमाणित
2021-09-25 19:45:42cri
Share with:

मङ वान चौ स्वदेश फर्कनुबाट सीपीसीले जनताका लागि प्रशासन गरेको प्रमाणित_fororder_微信图片_20210925183506

चीन सरकारको अथक प्रयासमा स्थानिय समय सेप्टेम्बर २४ तारिख क्यानाडा सरकारद्वारा १,०२८ दिनसम्म अबैध थुनिएको ह्वा वै कम्पनीकी उप-प्रबन्धक मङ वान चौ चीन सरकारको चार्टर विमानबाट चीन फर्कनु भएको छ। उहाँले स्वतन्त्रता पुन:प्राप्त गरेको कुरा न्याय र कानुनको विजय हो, जसले चिनियाँ नागरिकको बैधानिक हक-हितको संरक्षण गर्ने चीनको सत्तारुढ पार्टी र चीन सरकारको दृढ अठोट देखाउनुका साथै प्रभुत्ववाद विरुद्ध चिनियाँ जनताको बलियो संकल्प अभिव्यक्त गरेको छ।

सन् २०१८ को डिसेम्बरमा क्यानाडा सरकारले अमेरिकी सरकारको मागमा भान्कुभरमा उडान बदल्ने क्रममा मङ वान चौलाई थुनिएको थियो। त्यसपछि अमेरिकाले “सञ्चारमा धोकाधडी अपरोध”को नानमा क्यानाडालाई अमेरिकामा सुपुर्दगी गर्न आग्रह गरेको थियो। त्यसपछि क्यानाडाले मङ वान चौले क्यानाडाको कुनै पनि कानुन विपरीत काम नगरेको वास्तविकताको वास्ता नगरी अबैध रुपमा उहाँलाई एक हजार दिनसम्म थुनेको थियो।

यो पूर्ण रुपमा एउटा राजनीतिक घटना हो। जुन अमेरिकी निर्देशनमा क्यानाडाले गरेको चिनियाँ नागरिक लक्षित एउटा राजनीतिक सताउने कार्य हो। वास्तवमा अमेरिका र क्यानाडाले कानुनका नाममा चीनको उच्च विज्ञान प्रविधि कम्पनीलाई दबाएर चीनको विज्ञान र प्रविधि कम्पनीको विकासलाई रोकथाम गर्न खोजेको हो।

मङ वान चौलाई अबैध थुनिएपछि चीन सरकारले क्यानाडालाई आफ्नो गल्ती तुरुन्तै सच्याउनुपर्ने र उहाँलाई रिहा गर्ने आग्रह गर्दै आएको थियो। चालु वर्षको जुलाई महिनामा अमेरिकी उप-विदेश मन्त्री वेण्डी शर्मानको चीन भ्रमणको अवधिमा चीनले मङ वान चौमाथि गरिने सुपुर्दगी रद्द गर्नुपर्ने आग्रह गरेको थियो। संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४८ औँ सम्मेलनमा चीनले क्यानाडालाई मङ वान चौलाई अबैध थुनिएको कुरा हटाउन ताकिता गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले वास्तविक गतिबिधिमार्फत “जनतालाई प्राथमिकता दिने” परिभाषा दिएका छन्।