सिन्च्याङ सम्बन्धी पश्चिमाको झुटलाई फेरि एकपटक भण्डाफोर #चीनकोसिन्च्याङ
2021-09-26 20:50:43cri
Share with:

सिन्च्याङ सम्बन्धी पश्चिमाको झुटलाई फेरि एकपटक भण्डाफोर #चीनकोसिन्च्याङ_fororder_QQ图片20210926205020

चीनले सेप्टेम्बर २६ तारिख सिन्च्याङको जनसंख्या विकास शीर्षकमा श्वेत पत्र जारी गर्दै वास्तविक तथ्यांकमार्फत सिन्च्याङ जनसंख्याको विकास अवस्थाबारे जानकारी दिनुका साथै एकीकृत बहु जातीय मुलुक चीनले अल्पसंख्यक जातिको स्वस्थ विकासलाई प्रवर्द्धन गरेको सफल उदाहरणलाई विश्वसमक्ष पनि देखाएको छ। तथ्यबाट के प्रमाणित गरिएको छ भने चीन विरोधी पश्चिमा शक्तिले सिन्च्याङ सम्बन्धमा चलाएका विविध झुटलाई पुन:एकपल्ट भण्डाफोर गरेको छ। तिनीहरूले सिन्च्याङलाई डामाडोल बनाउन र चीनको नियन्त्रण गर्न खोजेको षढयन्त्र विफल भएको छ।

प्राप्त तथ्यांकका अनुसार, सन् २०२० सम्म विगत १० वर्षभित्र सिन्च्याङ जनसंख्याको बृद्धिदर विश्वको चौथो स्थानमा पुगेको छ भने जनसंख्या बृद्धि मात्रा पनि देशको आठौँ स्थानमा रहेको देखिन्छ। आगामी दिनहरूमा सिन्च्याङ जनसंख्या विशेषत: अल्पसंख्यक जातिको जनसंख्याले स्थिर रूपमा बृद्धि प्रवृत्तिलाई कायम राख्दै जानेछ।

झुटबाट तथ्यलाई ढाक्न सक्दैन। वास्तविक तथ्यांकबाट के प्रमाणित हुन्छ भने सिन्च्याङ जनसंख्याको विकास अवस्था विगतका कुनै पनि ऐतिहासिक अवधिसँग तुलना गर्न सकिएको छैन। चीन विरोधी पश्चिमा शक्तिले सिन्च्याङ सम्बन्धी झुट दोहोर्‍याइरहेता पनि सिन्च्याङको आधुनिकीकरण प्रकियालाई ध्वस्त पार्न सक्ने छैन। साथै त्यसले चीनको विकास र प्रगतिलाई पनि रोक्न सक्दैन।