भारोत्तोलनका विश्व च्याम्पिएन शन ली च्युनको कथा-३
2021-09-27 09:15:51cri
Share with:

भारोत्तोलनका विश्व च्याम्पिएन शन ली च्युनको कथा-३_fororder_1

खेलकुद विद्यालय फर्केपछि शन ली च्युनले अरु मेहनतसँग तालिम लिन्छन्। ६ वर्षपछि उनी धेरै बलियो भइसकेका थिए।

सन् २०१० मा १७ वर्षीय शन ली च्युनले विश्व युवा च्याम्पिएनशीपको च्याम्पिएन प्राप्त गरेका थिए।

सन् २०१३ मा २० वर्षीय शन ली च्युनले विश्व च्याम्पिएनशीपको च्याम्पिएन प्राप्त गरेका थिए। उनले बोनसबाट आफ्नो परिवारको ऋण तिर्नुका साथै एउटा फ्रिज किनेका थिए। यो उनका बुवाको एउटा इच्छा थियो। तर खेद लाग्दो कुरा के हो भने शन ली च्युनले फ्रिज किन्नुभन्दा एक वर्षअघि उनका बुवाको स्वर्गारोहण भएको थियो।

सन् २०१५ मा शन ली च्युनले फेरि विश्व च्याम्पिएनशीपको च्याम्पिएन प्राप्त गर्नुका साथै विश्व किर्तिमान तोडेका थिए।

सन् २०१६ मा शन ली च्युनले ब्राजिलको रिओदिजेनेरियोमा आयोजित ओलम्पिक खेलकुदको भारोत्तोलन प्रतियोगितामा भाग लिएका थिए।

फाइनल प्रतियोगिताको दिन उनको जन्मथलोका सबै गाउँलेहरु उनको घरमा भेला भएका थिए। त्यस बेला आन ह्वा जिल्लाका सर्वसाधारणको जीवनमा पनि धेरै सुधार आइसकेको थियो। गाउँलेहरु उनको घरको टेलिभिजन अगाडि भेला भएर उनको प्रदर्शन पर्खिरहेका थिए।

तर भारोत्तोलन चौतारो जान लागेको बेलामा शन ली च्युनको खुट्टा आकस्मिक रुपमा बाउँडिन पुग्छ। दुईटा खुट्टा ढुंगा जस्तै कडा भएर धेरै गाह्रो हुन्छ।

भारोत्तोलन प्रतिस्पर्धामा भाग लिन शन ली च्युन खुच्याङ खुच्याङ गर्दै भारोत्तोलन चौतारो गएका थिए। उनले पीडाको बावजुद तौल समातेर माथि उठाउन खोजेका थिए। तथापि काँधको उचाइमा नपुग्दै उनले भारोत्तोलनलाई भूईंमा खसाएका थिए।

घर गएका गाउँलेहरु यो दृश्य देखेर मौन भए। उनकी आमा दु:खी हुँदै रून थालिन्। यसै बेलामा शन ली च्युनको फोन आउँछ, शन ली च्युनको स्वर लामखुट्टे जस्तै सानो थियो,“माफ गर्नु होला, माफ गर्नु होला”।

रिओदिजेनेरोबाट चीन फर्केपछि शन ली च्युनले आगामि ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्न अरु मेहनतसँग तालिम लिन्छन्।

अब, सन् २०२१ को जुलाई २५ तारिख टोकियो ओलम्पिक खेलकुदको भारोत्तोलन हलमा पुरुष ६७ केजीको भारोत्तोलन प्रतियोगिताको फाइनल हेरौं। शन ली च्युनले स्थिरताका साथ भारोत्तोलन चौतारोमा गएर भारोत्तोलन अगाडि उभिएका छन्। उनले ठूलो स्वरमा कराएर हातबाट स्थिरताका साथ भारोत्तोलन समातेर काँधको उचाईमा राखेका छन्। एकैछिनपछि उनले दुईटा पाखुरा माथि उठाएका छन्। भारोत्तोलनलाई उनको टाउकोमाथि पुर्‍याइएको छ। १८७ केजी, उनी लगायत यस स्तरका सम्पूर्ण खेलाडीहरुले यति तौल उठाएका थिएनन्। अन्त्यमा उनको पाखुरा ६ सेकेण्डसम्म सिधा राखेका छन्। यसैबीच, तीनवटा सेतो बत्ती बलेका छन्। उनको यो उपलब्धिले ओलम्पिक खेलकुदमा नयाँ किर्तिमान सिर्जना गरेको छ।

शन ली च्युनले स्वर्ण पदक जितेका छन्।

दोस्रो दिन शन ली च्युनले आफ्नो ब्लगमा लेखेका छन्, “यो चीनको भारोत्तोलनको प्रयासको भावना हो। मैले आफ्नो भाग्य निर्धारण गर्नसक्छु। ”