#अल्पसंख्यक जाति# संसारको छानो मानिने ठाउँको सुखद जीवन-1
2021-09-28 09:36:27cri
Share with:

#अल्पसंख्यक जाति# संसारको छानो मानिने ठाउँको सुखद जीवन-1_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_77df989e-a012-4850-9383-158fbc6f2920

पृथ्वीको तेस्रो पोल मानिएको छिङहाई-तिब्बत पठारभूमिलाई स्वर्गसँग तुलना गरिन्छ। स्वच्छ, सफा सँगसँगै रहस्यमय लाग्ने यस क्षेत्रमा पहिला  गम्भीर प्राकृतिक वातावरण र कमजोर यातायात प्रबन्धका कारण स्थानीय बासिन्दाको जीवन यापनमा ज्यादै कठिनाइ थियो। केही वर्षयता तिब्बतमा अर्थतन्त्रको द्रुत गतिले विकास हुनुका साथै शिक्षा, चिकित्सा, वातावरण संरक्षण आदि क्षेत्रमा व्यापक सुधार हुँदैआएको छ। तिब्बती सर्वसाधारणको जीवनमा ठूलो परिवर्तन भएको छ। निरन्तर रूपमा केही वर्षदेखि ल्हासा शहर चीनमा सुखमय सूचकाङ्कमा सबैभन्दा अगाडि रहेको मूल्याङ्कन गरिएको छ। हामी सँगसँगै संसारको छानो मानिने तिब्बतको सुखद जीवनको अनुभव गरौँ।

“सडकको निर्माणपछि पर्यटन उद्योगको विकास हुनुका साथै आम्दानीमा वृद्धि भयो। यो सुख हो।”

कसाङ यिसी ल्हासो याङट्रोयुङ ताल पर्यटकीय क्षेत्रनजिकैको एउटा रेस्टराँका प्रबन्धक हुन्। सन् २०१८ मा उनले जागिर छोडी साथीहरूसँग मिलेर उक्त रेस्टराँ खोलेका थिए। तिब्बतमा यातायात तथा पर्यटनको ठूलो विकासका साथै रेलमार्ग, विमानस्थल र राजमार्ग घरसम्म पुग्ने गरी निर्माण गरिएको छ। जसबाट कसाङ यीसीको रेस्टुराँमा धेरैभन्दा धेरै ग्राहकहरूको पहुँच पुगेको छ। उनको व्यापार पनि फस्टाउँदैगएको छ।