विश्वको दक्षता र नवीन सिर्जना केन्द्रको छिटै रचना गर्नुपर्ने सी चिनफिङद्वारा जोड #चिनियाँराष्ट्राध्यक्ष
2021-09-28 20:41:33cri
Share with:

केन्द्रिय दक्षता कार्य सम्मेलन सेप्टेम्बर २७ र २८ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पार्टीले दक्षताको व्यवस्था गर्ने, विश्व शीर्ष विज्ञान तथा प्रविधि, आर्थिक विकास, राष्ट्रिय शीर्ष चाहना, जनताको स्वास्थ्य उन्मूख चाहनामा अडिग रही नयाँ युगको दक्षता आधारित मुलुक विकास रणनीतिको गहिरो रूपमा पालना गरेर विश्व महत्वपूर्ण दक्षता तथा नवीन सिर्जना केन्द्रको छिटो रूपमा रचना गर्नुपर्ने दोहोर्याउनुभयो।

सी चिनफिङले चीन जहिलेपनि महान पुनर्रूत्थानको लक्ष्यसँग नजिक रहेको र त्यसका लागि जहिले पनि दक्षता चाहिने धारणा व्यक्त गर्नुभयो। सीले उक्त लक्ष्यलाई व्यवहारमा उतार्न उच्चस्तरीय वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भर नै महत्वपूर्ण भएको भन्दै चीनले दक्षताको स्वयं विकास गर्ने र दक्षता स्रोत प्रतिष्पर्धाको श्रेष्ठताको छिटै रचना गर्नुपर्नेमा उच्च ध्यान दिनुपर्ने बताउनुभयो।