चीनको चौतर्फी सम्पन्न समाज विश्वको शान्ति तथा विकासका लागि विशाल योगदान
2021-09-29 16:32:20cri
Share with:

चीनको चौतर्फी सम्पन्न समाज विश्वको शान्ति तथा विकासका लागि विशाल योगदान_fororder_IMG_7061(20210929-163031).JPG

यस वर्षको जुलाई एक तारिख चीनले विश्वसमक्ष सम्पन्न समाजको चौतर्फी निर्माण पूरा भएको घोषणा गरेको छ जसबाट जन गणतन्त्र चीनको हजारौं वर्षको सपना पूरा भएको छ। अन्तर्राष्ट्रिय समाजका प्रश्न छन्:चौतर्फी सम्पन्न समाज के हो?चीनले कसरी सम्पन्न समाजलाई साकार तुल्याएको छ?चीनको चौतर्फी सम्पन्न समाजले विश्वका लागि के ल्याउने छ? चीनले २८ तारिख《चीनको चौतर्फी सम्पन्न समाज》भन्ने श्वेत पत्र सार्वजनिक गर्दै चीनको आधुनिकीकरण निर्माण अनुभव शेयर गरेको छ।

यस श्वेतपत्रका अनुसार सन्१९७८ चिनियाँहरुका लागि प्रतिव्यक्ति वार्षिक आय केवल १७१ युआन थियो भने सन्२०२०सम्म उक्त अंक ३२१८९युआनसम्म बढेको छ। यसबाहेक चीनले विश्वका सबैभन्दा ठूलो परिमाणको सामाजिक प्रत्याभूति प्रणालीको स्थापना गर्दै आधारभूत चिकित्सा बीमामा १ अर्ब ३० करोडभन्दा बढी मानिसहरुलाई लाभ ल्याउँछ।

विशेष गरी चौतर्फी सम्पन्न समाजको निर्माण गर्ने क्रममा चीन विश्वमा सबैभन्दा बढी वनजङ्गल स्रोत बढेको र वृक्षारोपण क्षेत्रफल सबैभन्दा ठूलो भएको मुलुक बनेको छ। जसले चिनियाँहरुलाई अझ राम्रो पर्यावरणीय वातावरण सिर्जना गर्दै चौतर्फी समाजका लागि सबैभन्दा सुन्दर रंग सजावट गरेको देखिन्छ। सन्२०२० चिनियाँ नागरिकले पर्यावरणीय वातावरण गुणस्तरप्रतिको सन्तुष्टि ८९.५प्रतिशत पुगेको छ।

चीनको चौतर्फी सम्पन्न समाज विश्वको शान्ति तथा विकासका लागि विशाल योगदान_fororder_IMG_7062(20210929-163036).JPG

संसारमा जनसंख्या सबैभन्दा बढी भएको मुलुक र विश्वका सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा चीनले चौतर्फी समाजको निर्माण पूरा गर्नु नै विश्वको शान्ति तथा विकासका लागि विश्वास सिर्जना गरेको छ। साथै चीनको चौतर्फी सम्पन्न समाजको निर्माण विश्वसँगको पारस्परिक सम्पर्कमा गराइएको हो जसबाट विश्वसँगको साझा विकासलाई प्रवर्द्धन गर्नसकियो। सन्२००६देखि चीन लगातार १५ वर्षसम्म विश्वको आर्थिक बृद्धिको सबैभन्दा ठूलो योगदान सिर्जना गर्ने मुलुक हो। नयाँ कोरोना भाइरस महामारीमा चीनको अर्थतन्त्रले विश्वमा लिएको भूमिका अझ स्पष्ट तथा महत्वपूर्ण देखिन्छ। यस वर्षको पूर्वार्धमा चीनको अर्थतन्त्रले गत वर्षको सोही अवधिको तुलनामा १२.७प्रतिशतले बढेको छ भने ग्लोबल अर्थतन्त्र र व्यापारको पुनरुत्थानलाई प्रवर्द्धन गरेको छ। पूर्वानुमान बमोजिम आउने पाँच वर्षमा चीनले विश्वका अन्य मुलुक तथा क्षेत्रबाट आयात गर्ने मालसामानको कूल रकम १००खर्ब अमेरिकी डलर पुग्ने छ। नयाँ विकास प्रारुप सिर्जना गरिरहेको चीनले विश्वका विभिन्न मुलुकलाई अझ व्यापक बजार र विकास अवसर प्रदान गर्ने छ।

चौतर्फी सम्पन्न समाजले चिनियाँहरुलाई राम्रो जीवन सिर्जना गर्दछ। तापनि चीनमै असन्तुलित विकास समस्या अझै स्पष्ट देखिन्छ। संयुक्त समृद्धि भन्ने लक्ष्यलाई साकार तुल्याउनका लागि चिनियाँहरुले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा विश्वसँग सकारात्मक आदानप्रदान कायम राख्दै अझ सुन्दर विश्वको निर्माणका लागि अझ ठूलो योगदान गर्ने छन्।