चीनको मानव अधिकार प्रत्याभूतिमा सफलता
2021-09-30 20:25:26cri
Share with:

चीनको मानव अधिकार प्रत्याभूतिमा सफलता_fororder_IMG_7079(20210930-194850).JPG

कूल १६८ योजना तथा कार्यभार पूर्ण रुपमा सम्पन्न भएका छन् भने यसमध्येका धेरैजसो मापदण्ड र कार्यभार समयभन्दा अगाडि वा योजनाभन्दा अत्याधिक रुपमा पूरा भएका छन्। चिनियाँ मानव अधिकार अनुसन्धान लगायत संस्थाहरूले २९ तारिख प्रतिवेदन सार्वजनिक गर्दै विश्वसमक्ष चीनद्वारा 《राष्ट्रिय मानव अधिकार कार्वाही योजना(२०१६-२०२०)》लागू गरिएपश्चात प्राप्त उपलब्धि उल्लेखनीय रहेको दाबी गरेका छन्।

यो प्रतिवेदन चीनले पहिलो पटक तेस्रो पक्षीय संस्थालाई भित्र्याएर राष्ट्रिय मानव अधिकार विकास अवस्था सम्बन्धी वस्तुनिष्ठ तथा चौतर्फी मूल्याङ्कन गरेको हो। यस प्रतिवेदनबाट चीनको सत्तारुढ पार्टी र सरकारको “जनताका लागि शासन”भन्ने सिद्धान्तको निर्देशनमा चीनको मानव अधिकार प्रत्याभूतिमा प्रचुर उपलब्धि हासिल गरेको देखिन्छ।

सन् २००९ देखि चीनले औपचारिक रुपमा 《राष्ट्रिय मानव अधिकार कार्वाही योजना(२०१६-२०२०)》लागू गर्दै १६८ योजना र कार्यभारको बन्दोबीस्त गरेको थियो। बितेका पाँच वर्षमा चीन सरकारले जनतालाई केन्द्रमा राख्ने विकासको विचारधारा कायम राख्दै “आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार”,“जनताको अधिकार तथा राजनीतिक अधिकार”,“विशेष जनसमूहको अधिकार”,“अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि कार्यान्वयन र अन्तर्राष्ट्रिय आदानप्रदान सहयोग”आदि क्षेत्र सम्बन्धी लक्ष्य सबै पूरा गरेको छ। यो केवल चीनको महत्वपूर्ण उपलब्धि मात्र होइन तर विश्व मानव अधिकार व्यवस्थापन र विश्व मानव अधिकार कार्य विकास प्रगतिका लागि पनि महत्वपूर्ण योगदान हो।

चीनको मानव अधिकार प्रत्याभूतिमा सफलता_fororder_IMG_7080(20210930-194855).JPG

विदेशद्वारा सबभन्दा ध्यान दिइएको कुरा भनेको चीनले यस वर्षको जुलाईमा चौतर्फी सम्पन्न समाजको निर्माण पूरा भएको घोषणा गर्नु नै हो। १अर्ब ४० करोडभन्दा बढी जनसंख्यासहित विकासोन्मुख मुलुकका लागि बाँच्ने अधिकार र विकास अधिकार सधैं प्रथम आधारभूत मानव अधिकार हुन्। चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको नेतृत्वमा छोटो ४० भन्दा बढी वर्षमा ७७ करोड ग्रामीण गरिब जनसंख्या गरिबीबाट मुक्त भएका छन्। सन्२०२० चीनको औसत प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन मात्रा लगातार दुई वर्षसम्म एक लाख अमेरिकी डलरभन्दा बढी छ।

मानव अधिकार नारा होइन भने कार्वाही हो। चौतर्फी सम्पन्न समाजको निर्माण पूरा भएबाट चीनको मानव अधिकारको विकास प्रगतिको नयाँ शुरुवात सिर्जना गरिएको छ। चीनसँग अझ सुन्दर मानव अधिकारका कथा रच्ने क्षमता छ। चीनले विश्व मानव अधिकार व्यवस्थापन र जनताको फाइदा बढाउनका लागि अझ बढी चिनियाँ शक्ति प्रदान गर्दै जाने छ।