सी चिनफिङद्वारा युएई दुबई विश्व एक्स्पोको चीन मण्डपलाई भिडियो भाषण
2021-10-01 16:56:48cri
Share with:

अक्टोबर १ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले युएई दुबईको विश्व एक्स्पोको चीन मण्डपलाई भिडियो भाषण गर्नुभएको छ।

सीले युएई दुबई विश्व एक्स्पो मध्य-पूर्व क्षेत्रमा आयोजित पहिलो विश्व एक्स्पो हो भने विभिन्न मुलुकले विचार सञ्चार, भविष्यको सिर्जना भन्ने मुख्य विषयका आधारमा आर्थिक तथा सामाजिक विकासको विचार र उपलब्धि देखाएर संवाद र सहयोगलाई बढाउनु नै महत्वपूर्ण अर्थ रहेको उल्लेख गर्नुभयो। चीनले विभिन्न मुलुकसँग आदान-प्रदान र सहयोगलाई बढाएर मानव भाग्य समुदाय रचना गर्न सक्रिय प्रयास गर्ने इच्छा लिएको सीले व्यक्त गर्नुभयो।

सन् २०२० युएई दुबई विश्व एक्स्पो अक्टोबर १ तारिख सुरू भएको छ भने चीन मण्डप पनि सोही दिन खुला भएको छ।