संसारको छानो मानिने ठाउँको सुखद जीवन-2
2021-10-05 15:36:29CRI
Share with:

संसारको छानो मानिने ठाउँको सुखद जीवन-2_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_5c12da17-bfef-4df1-a42b-7a5160a6057a

लिनचौ बस्तिमा बस्ने ६० वर्षीया कुङसाङका तीनजना छोरा-छोरी छन्। उनी आफ्ना छोरा-छोरीहरूसँग सधैँ “कोलिनखा” गर्छिन्।

तिब्बती भाषामा कोलिनखाको अर्थ वनस्पतिसँग खेल्नु हो। यो तिब्बतीहरूको सामान्य रूपमा आनन्द लिने तथा मनोरञ्जनको तरिका हो। परिवारले मक्खन चिया, मासु, मिठाईसँगै पाल खडा गरी प्राकृतिक सुन्दर दृश्य बाँडेका छन्।

वृद्धा कुङसाङका अनुसार, पहिला मानिसको आयु कम हुनुका साथै परिवारको आर्थिक अवस्था राम्रो थिएन। त्यसैले बाह्य वातावरणमा आनन्द गर्ने समय र क्षमता पनि थिएन। हाल यातायातको सुविधा हुनुका साथै वातावरण पनि राम्रो बनेको छ। तीस मिनेट गाडी चलाएर सुन्दर दृश्य रहेको ठाउँमा सप्ताहान्त मनाउनसकिन्छ।

कुङसाङ भन्छिन्, “हाल छोरा-छोरीहरू विद्यालयबाट उत्तीर्ण भइ आ-आफ्ना कार्य गर्दैछन्। जीवन अवस्था राम्रो छ। सँगसँगै समय बिताउने समय पनि प्रशस्त छ। परिवार सँगसँगै बस्नु सुख हो।”

संसारको छानो मानिने ठाउँको सुखद जीवन-2_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_4a3f5426-f7a0-45aa-bfeb-3e3e5f38d987

६० वर्षीया पार गाउँमा नेताको रूपमा कार्यरत् थिए। केही वर्षयता ग्रामीण क्षेत्रको विकासकालागि सरकारको समर्थन बढ्नुका साथै गाउँलेहरूको जीवन झन् झन् राम्रो बनेको छ।

“हाल युवाहरू विद्यालय जान्छन्। गाउँलेको समग्र गुणस्तर पनि बढेको छ। सर्वसाधारणबीच एकिकृत र मेलमिलापको भावना बढेको छ। यो सुखद कुरा हो।”

पारका अनुसार, तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० वर्षमा ज्यादै ठूलो परिवर्तन भएको छ। सर्वसाधारणको जीवन सुखमय हुनुका साथै अझ राम्रो जीवन बिताउने विश्वास राखेका छन्।

स्याउ मिङ क सुन्दा केटाको नाम जस्तो लाग्छ। तर वास्तवमा यो एक सुन्दर युवतीको उपनाम हो। यो उनको श्रीमानले दिएको उपनाम हो।

संसारको छानो मानिने ठाउँको सुखद जीवन-2_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_df02ebd9-a809-4f50-b46a-27743b558d93

स्याउ मिङ क अर्थात् ली मिङमिङ तिब्बती गरगहना डिजाइनर हुन्। उनी र उनको श्रीमानले मिलेर ल्हासाको भाकोर सडकमा एउटा गहना पसल खोलेका छन्।

ली मिङमिङ क्वी चौ प्रान्तका हुन् भने उनका श्रीमान क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशका हुन्। सन् २०१३ मा दुई जनाको तिब्बतको यात्राको क्रममा भेट भएको थियो। दुवै जनाले तिब्बती ल्हासालाई निकै मन पराएकाले गर्दैआएको कामबाट राजीनामा गरी ल्हासामा जीवन बिताउनथालेका हुन्। हाल उनीहरूद्वारा सञ्चालित तिब्बती गहना पसल स्थानीयमाझ लोकप्रिय बनेको छ।

ली मिङमिङका लागि ल्हासाले विशेष अर्थ राखेको छ। किनकी आफूलाई मन पर्ने ठाउँमा माया गर्ने मान्छेसँग जीवन बिताउनु सुखद कुरा हो।

तपाईँको विचारमा सुख के हो? हालको जीवन सुखमय छ कि? सुखद जीवनको कामना।