अमेरिकी कार्यमा चीन-अमेरिका राष्ट्रनायक वार्ताको भावना देखिनुपर्छ
2021-10-07 19:02:17CRI
Share with:

अमेरिकी कार्यमा चीन-अमेरिका राष्ट्रनायक वार्ताको भावना देखिनुपर्छ_fororder_IMG_1893(20211007-185634).JPG

अक्टोबर ६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला समितिका प्रमुख याङ चेछ र अमेरिकी राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी सहायक ज्याक सुल्लिवानले स्विजल्याण्डको जुरिचमा वार्ता गर्नुभएको छ। सेप्टेम्बर १० तारिख दुई राष्ट्रानायकको वार्ताको भावनालाई व्यवहारमा उतारेर दुई देशको सम्बन्ध स्वस्थ तथा स्थिर विकासको उचित लिगमा फर्काउन प्रयास गर्ने सहमति उहाँहरूले गर्नुभएको छ।

लगभग एक महिनाअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोन वार्ता गर्दै चीन र अमेरिकाको सम्बन्ध राम्रो पार्नु निर्बिकल्प रहेको बताउँदै राम्रो पार्नुपर्ने अति आवश्यक रहेको बताउनुभएको थियो। राष्ट्रपति जो बाइडेनले पनि वार्ता तथा सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको थियो।

केही वर्षयता चीन र अमेरिकाको सम्बन्ध अकस्मात विग्रिएका कारण अमेरिकाले चीनबारे ठूलो गलत रणनीतिक निर्णय गर्नुका साथै द्विपक्षीय सम्बन्धबारे गम्भीर गलत बुझाइ राखेको छ। त्यसैले दुई पक्षले रणनीतिक आदानप्रदानलाई सबल पार्दै विशेष गरी अमेरिकाले गलत बुझाइ सच्याएर दुई देशको सम्बन्धलाई उचित लिगमा फर्काउन ज्यादै महत्वपूर्ण छ।

अमेरिकी कार्यमा चीन-अमेरिका राष्ट्रनायक वार्ताको भावना देखिनुपर्छ_fororder_IMG_1894(20211007-185639).JPG

अमेरिकाले दुई देशको सम्बन्धको आपसी हितकर र विजयी सार गहिरो रूपमा बुझ्नुपर्छ। केही समययता चीनले अमेरिकाबाट फाइदा लिइरहेको गलत विचार अमेरिकाले लिँदै आएको छ। दुई देशको व्यापारिक रकम सन् १९७५ मा २ अर्ब ५० करोड डलरभन्दा कम थियो भने सन् २०२० मा लगभग ६ खर्ब २९ अर्ब ५० करोड डलर पुगेको छ। यदि एक पक्षले मात्रै फाइदा पाएमा आर्थिक तथा व्यापारिक सम्बन्ध कसरी यति विकसित भयो? 

अमेरिकाले चीनको गृह तथा वैदेशिक नीति र रणनीतिक उद्देश्यबारे उचित रुपमा बुझ्नुपर्छ। चीनले अमेरिकामाथि चुनौती वा प्रतिस्थापन गर्ने इच्छा नराखेको दोहोर्‍याउँदै आएको छ। चीनसँग आधिपत्य रणनीति नभई विकास रणनीति मात्र छ। अमेरिकाले आन्तरिक समस्या चीनमाथि थोपर्ने कार्य गलत हो।

इतिहास र वास्विकताले पुष्टि गरेको छ कि, चीन र अमेरिकाले प्रतिस्पर्धा गरेमा दुई देशले मात्र होइन विश्वले नै गम्भीर क्षति बेहोर्नु पर्नेछ। चीन र अमेरिकाले सहयोग गरेमा दुई देश र विश्वले फाइदा पाउनेछ।