विश्वव्यापी जैविक विविधताको सुरक्षामा चिनियाँ ज्ञान
2021-10-08 21:16:06cri
Share with:

विश्वव्यापी जैविक विविधताको सुरक्षामा चिनियाँ ज्ञान_fororder_IMG_1899(20211008-210857).JPG

चीन सरकारले अक्टोबर ८ तारिख चीनको जैविक विविधताको सुरक्षा विषयक श्वेत-पत्र प्रकाशित गरेर जैविक विविधताको सुरक्षामा चीनको विचार, कदम र उपलब्धिबारे प्रणालीगत जानकारी दिएको छ।

जैविक विविधता मानव जाति जीवन तथा विकास गर्ने महत्वपूर्ण आधार हो। विश्वमा जैविक विविधता सबैभन्दा प्रशस्त देशहरूमध्येको एक भएको हैसियतमा चीनले सधैँ जैविक विविधताको सुरक्षामाथि उच्च महत्व दिँदै आएको छ। विशेष गरी दश वर्षदेखि चीनले पर्यावरणी प्राथमिकता र हरित विकासको पालना गर्दै क्रमशः वर्यावरणीय वातावरणको रक्षा कानुन प्रणाली सुधार तथा सम्पन्नता, निगरानी व्यवस्था सबल पार्दै सम्बन्धित क्षेत्रमा लगानी बढाइएको छ। जैविक विविधताको सुरक्षाले नयाँ चरणमा प्रवेश पाएको छ।

विश्वव्यापी जैविक विविधताको सुरक्षामा चिनियाँ ज्ञान_fororder_IMG_1900(20211008-210903).JPG

अनेकन महत्वपूर्ण कदमद्वारा चीनमा पर्यावरण गम्भीर हुने प्रवृत्ति रोकिनुका साथै प्राकृतिक पर्यावरणीय प्रणाली स्थिरताका साथ राम्रो हुँदै आएको छ। श्वेतपत्रका अनुसार, हाल चीनमा ९० प्रतिशत स्थल इकोसिस्टम र ७१ प्रतिशत राष्ट्रिय कुञ्जी संरक्षित वन्यजन्तु र वनस्पति प्रजातिहरुको प्रभावकारी रूपमा संरक्षण गरिएको छ।  निरन्तर ३० वर्षमा चीनमा वन क्षेत्रफल तथा जैविक काठ मात्राको योग वृद्धि भएको छ। सन् २००० देखि २०१७ सम्म विश्वभरि नयाँ हरित क्षेत्रमा २५ प्रतिशत चीनले ओगटेको छ। विश्वव्यापी वृक्षरोपण वृद्धि मात्रामा चीनले सबैभन्दा बढी योगदान दिएको छ।

साथै चीन राष्ट्र संघीय जैविक विविधता सन्धिमा सबैभन्दा पहिले हस्ताक्षर गर्ने देशहरूमध्ये एक हो। त्यसैले चीनले सन्धिलाई सक्रिय रूपमा कार्यान्वयन गरेर विश्व जैविक विविधताको सुरक्षा तथा व्यवस्थापन प्रक्रियामा महत्वपूर्ण योगदान दिएको छ। त्यसबाहेक चीनले व्यापाक सहकार्य तथा आदानप्रदान गर्दै बहुपक्षीय सहयोग व्यवस्थामार्फत विकासोन्मुख देशहरूलाई जैविक विविधताको सुरक्षामा समर्थन दिँदै समस्त जीवन समुदाय निर्माण गरेको छ।