इटालीका वित्त विशेषज्ञका आँखामा चीन र इटालीबीच “बेल्ट एण्ड रोड” सहयोगाको ठूलो निहित शक्ति
2021-10-08 09:21:26cri
Share with:

इटालीका वित्त विशेषज्ञका आँखामा चीन र इटालीबीच “बेल्ट एण्ड रोड” सहयोगाको ठूलो निहित शक्ति_fororder_2

सन् २०१९ मार्चमा इटालीले चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणसम्बन्धी सहयोगात्मक समझदारीमा हस्ताक्षर गरेको थियो। इटाली “बेल्ट एण्ड रोड” प्रस्तावमा संलग्न भएको पहिलो पश्चिमी मुलुक बनेको थियो। दुई मुलुकले आधारभूत प्रबन्ध, चिकित्सा क्षेत्रको  “बेल्ट एण्ड रोड” सहकार्यले सकारात्मक प्रगति हासिल गरेको छ। इटालीका बित्तीय विशेषज्ञ, बान्का फुसिनो बैंकअन्तर्गत प्रचार-प्रसार तथा रणनीतिक बिक्री विभागका प्रमुख भ्लादिमिरो ग्याचेले “बेल्ट एण्ड रोड” प्रस्तावले इटाली र चीनका लागि सहयोगको ठूलो निहित शक्ति ल्याएको कुरा बताउनुभयो।

ग्याचेले पहिले इटालीको थिङ्क ट्याङ्क “यूरोप अध्ययन केन्द्र”मा अध्यक्ष पद सम्हाल्नुभएको थियो। “बेल्ट एण्ड रोड” प्रस्तुत भएयता उहाँले उक्त प्रस्तावमाथि ध्यान दिनुभएको छ र सम्बन्धित अनुसन्धान गर्नुभएको छ। उहाँ भन्नुहुन्छ “बेल्ट एण्ड रोड प्रस्ताव हालैका वर्षहरूयता सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रस्ताव हो। कोरोना भाइरस महामारी फैलिनुअघि आर्थिक ह्रासको सामना गर्ने एक मात्रै उपाय थियो। हामीले बेल्ट एण्ड रोडले सम्बन्धित मुलुकहरूबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको कसरी सुधार गरेको विषयसम्बन्धी अनुसन्धान गरेका थियौं।”