कोभिड १९ खोपलाई विश्वव्यापी सार्वजनिक बस्तु बनाउने सी चिनफिङका घोषणाहरु
2021-10-09 16:47:39cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कोभिड भ्याक्सिनलाई सार्वजनिक सामग्री बनाउन विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो धारणा राख्दै आउनु भएको छ।

२०२०

मे १८ ७३ औँ विश्व स्वास्थ्य सभा

७३ औँ विश्व स्वास्थ्य सभामा चीनले कोभिड १९ भ्याक्सिन विकास गरिसकेपछि यसलाई विश्वव्यापी सार्वजनिक वस्तु बनाउने घोषणा।

 

जुन १७ चीन अफ्रिका शिखर सम्मेलन

कोभिड १९ विरुद्धको ऐक्यवद्धताका लागि आयोजित चीन अफ्रिका शिखर सम्मेलनमा चीनले कोभिड १९ विरुद्धको खोप बनाइसकेको र अफ्रिकन मुलुकहरु यसको पहिलो चरणका लाभदायी हुने घोषणा।

 

नोभेम्बर १० एससीओ शिखर बैठक

शाङ्हाई सहयोग संगठनको परिषद शिखर बैठकमा चीन कोभ्याक्समा सहभागी भएको र एससीओमा आवद्ध मुलुकहरुमा खोप वितरण गरी कोभिड १९ नियन्त्रणमा सहकार्यको घोषणा।

 

नोभेम्बर १७ ब्रिक्स शिखर बैठक

ब्रिक्स भ्याक्सिन खोज तथा अनुसन्धान केन्द्र स्थापना गर्ने र चीनले पनि आफ्नै केन्द्र बनाउने र चीनले ब्रिक्सका अन्य सदस्यसँगै काम गरेर खोपको विकास तथा परीक्षणमा सहकार्य गर्ने घोषणा।

२०२१

फेब्रुअरी ९ चीन र मध्य तथा पूर्वी युरोप शिखर सम्मेलन

चीन मध्य तथा पूर्वी युरोपेली मुलुकसँग कोभिड १९ खोपमा सहकार्य गर्न तयार । सर्भियाले दस लाख मात्रा चिनियाँ खोप प्राप्त गरिसकेको र हङ्गेरीसँग पनि चीनले सहकार्य गर्दै गरेको घोषणा।

अप्रिल २० पोआवो फोरम

चीनले इण्डोनेसिया, ब्राजिल, युएई, मलेसिया, पाकिस्तान र टर्कीसँग कोभिड १९ भ्याक्सिन उत्पादनमा सहकार्य गरिसकेको घोषणा।

मे २१ विश्व स्वास्थ्य सम्मेलन

खोप विकास तथा उत्पादनका राष्ट्र, कम्पनी तथा सरोकारवालाहरुको अन्तर्राष्ट्रिय मञ्च बनाउने प्रस्ताव।

जुलाई १६ एपेक शिखर सम्मेलन

चीनले ५० करोड खोप विकासोन्मुख मुलुकलाई वितरण गरेको जानकारी।

अगष्ट ५ कोभिड १९ को अन्तर्राष्ट्रिय मञ्चलाई लिखित सन्देश

चीनले चालु वर्ष २ अर्ब मात्रा खोप विकासोन्मुख मुलुकलाई दिने र कोभ्याक्सलाई १० करोड डलर अनुदान दिने घोषणा।

सेप्टेम्बर ९ ब्रिक्स शिखर सम्मेलन

कोभ्याक्सलाई १० करोड अमेरिकी डलर अनुदान दिने घोषणासँगै चालु वर्षभित्र विकासोन्मुख मुलुकलाई थप १० करोड डोज खोप दिने घोषणा।

सेप्टेम्बर १७ एससीओ शिखर बैठक

चीनले १०० भन्दा बढी मुलुक तथा संस्थाहरुलाई १ अर्ब २० करोड डोज खोप दिएर विश्वको सबैभन्दा ठूलो दाता बनेको घोषणा।