नयाँ युगसँग अनुकूल चीन र जापानको सम्बन्ध निर्माण
2021-10-09 16:49:48cri
Share with:

नयाँ युगसँग अनुकूल चीन र जापानको सम्बन्ध निर्माण_fororder_IMG_1903(20211009-164824).JPG

अक्टोबर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा जापानी प्रधानमन्त्री फुमिओ किशिदाबीच टेलिफोनवार्ता भएको छ। राष्ट्राध्यक्ष सीले उच्चतर्फको आदानप्रदानमाथि नयाँ जापान सरकारबाट दिइएको महत्वबारे प्रशंसा गर्नुका साथै जापानसँगको वार्ता तथा सहयोगको प्रवर्द्धन गर्दै  नयाँ युग अनुकूल चीन-जापान सम्बन्धको निर्माणलाई अघि बढाउने इच्छा चीनले लिएको  बताउनुभयो। वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा पारस्परिक सम्बन्ध नयाँ युगमा प्रवेश भइरहेको प्रधानमन्त्री फुमिओ किशिदाले पनि व्यक्त गर्नुभयो।

यो निकै समयमैर महत्वपूर्णफोन वार्ता हो। चीन र जापानको सम्बन्ध  साम्यानीकरणदेखि ५० वर्ष भएको छ। सो अवसरमा दुवै पक्षले फाइदा पाएका छन्। तर चीनका लागि जापानको नीति उतारचढाव छ। कोभिड-१९ महामारी र विश्व परिस्थितिको परिवर्तनमा चीन र जापानले कसरी मौकाको प्रयोग गर्ने र चुनौतीको सामना गर्ने दुई देशका जनताको फाइदा मात्रै नभई एशिया र विश्वको शान्ति तथा स्थिरतासित पनि सम्बन्धित रहेको छ।

नयाँ युगसँग अनुकूल चीन र जापानको सम्बन्ध निर्माण_fororder_IMG_1904(20211009-164828).JPG

त्यसैले चीन र जापानले चार राजनीतिक दस्तावेजबाट निश्चित सिद्धान्तहरूको पालना गर्दै आपसी सहयोग साझेदारी र आपसलाई धम्की नदिने राजनीतिक सहमतिको कार्यान्वयन गर्नुपर्ने राष्ट्राध्यक्ष सीले फोन वार्तामा व्यक्त गर्नुभएको

छ। साथै दुइ पक्षले राज्य सुशासनसम्बन्धी आदानप्रदान तथा आर्थिक नीतिको समन्वयलाई सबल पारी निष्पक्ष तथा खुला व्यापार तथा लगानी वातावरणको सुरक्षा गर्नुपर्छ। दुइ पक्षले साँचिकै बहुपक्षीयतालाई व्यवहारमा उतारेर विश्वको स्थिरता तथा विकासको रक्षा गर्नुपर्छ।

यी विचारहरूले नयाँ युगसँग अनुकूल चीन र जापानको सम्बन्धको निर्माण गर्न दिशा देखाएको छ।