पृथ्वीको जीवन समुदायको निर्माणबारे चिनियाँ सुझावबाट दिशानिर्देश
2021-10-13 18:59:48cri
Share with:

पृथ्वीको जीवन समुदायको निर्माणबारे चिनियाँ सुझावबाट दिशानिर्देश_fororder_11

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हिजो १२ तारिख आयोजित जैविक विविधता सन्धिको १५औं सम्मेलनको नेतास्तरीय शिखर बैठकमा भिडियोमार्फत एउटा सम्बोधन दिँदै भन्नुभयो,“जैविक विविधताको संरक्षणले पृथ्वीलाई सुरक्षा गर्न सहयोग दिनेछ।”

सो बैठकमा राष्ट्राध्यक्ष सीले पृथ्वीको घर के कस्तो हुने र यसको निर्माण कसरी गर्ने तथा चीनले के गर्ने भन्ने योजनाबारे जानकारी दिनुभएको छ। उहाँको सम्बोधनले पृथ्वीको जीवन समुदायको संयुक्त निर्माण गर्ने कार्यलाई दिशा दिनुका साथै उद्देश्य औंल्याएको छ जसबाट चिनियाँ विज्ञान तथा शक्ति देखाइएको छ। साथै सी चिन फिङको सम्बोधनबाट चीन एउटा ठूलो मुलुकको रूपमा सकेसम्म ठूलो जिम्मेवारी वहन गर्नसक्ने कुरा पनि देखिन्छ।

जैविक विविधता मानव जीवन बिताउने तथा विकासको आधार हो तर हाल पृथ्वीको पारिस्थितिको अवस्था खतरा बन्दै आएको देखिन्छ। संयुक्त राष्ट संघका अनुसार, जैविक विविधता धेरै द्रूत गतिले नाशिएको र विकासको लागि समय अपर्याप्त छ। सबै मावनका लागि के कस्तो पृथ्वीको समुदाय निर्माण गर्ने भन्ने कुरा एउटा महत्वपूर्ण साथै कठिन चुनौती बनेको छ।