चीनको निर्यात प्रवृत्ति सुधारोन्मुख
2021-10-13 20:38:54cri
Share with:

चीनको निर्यात प्रवृत्ति सुधारोन्मुख_fororder_4

चीनको भन्सार मुख्यालयको तथ्याङक अनुसार, यस वर्षको पहिलो तीन त्रैमासिकमा चीनको सामान निर्यात र आयात मात्राको रकम २८३ खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा २२.७% ले वृद्धि भएको छ साथै त्यसमध्ये निर्यात मात्रा २२.७%  ले वृद्धि भएको छ। यस्तै आयातको मात्रा २२.६% ले वृद्धि भएको छ।

हरेक त्रैमासिकबाट हेर्दा चीनको आयात तथा निर्यातको कुल मात्रा निरन्तरूपमा वृद्धि हुँदै आएको छ। सो वृद्धिको गति पनि छिटो विकास भइरहेको देखिन्छ। उक्त तथ्याङक अनुसार चीनको वैदेशिक व्यापारको शक्ति बलियो हुनुका साथै व्यापारको मुख्य परिस्थिति रामो हुँदै जाने सम्भावना छ।

चीनमा पहिलो तीन त्रैमासिकको वैदेशिक व्यापारको मात्रा वृद्धि हुनुका तीन वटा मुख्य कारण छन्। पहिलो, चीनको स्वदेशको आर्थिक पुनरूत्थान र  विकासले विदेशी व्यापारका लागि बलियो आधार निर्माण गरेको छ। दोस्रो, यस वर्ष चीन सरकारले विदेशी व्यापारसित सम्बन्धित सहयोगी तथा प्रभावकारी नीतिलाई लागू गरेको छ। तेस्रो, हालै विश्व आर्थिक र व्यापार पुनरूत्थान भएको वातावरण सक्रिय हुनुका साथै विदेशको आवश्यकता पनि वृद्धि भएको देखिन्छ।

विश्वमा सामानको व्यापार गर्ने पहिलो ठूलो मुलुक चीनले आफ्नो विदेशी व्यापारको पुनरूत्थान तथा विकास गरेको कुरा विश्वको उद्योग श्रृंखला र आपूर्ति श्रृंखलाका लागि महत्वपूर्ण मानिन्छ।