#समाचार सन्दर्भ# जैविक विविधतालाई बहु-पक्षीय सहयोग चाहिने
2021-10-14 16:37:28CRI
Share with:

#समाचार सन्दर्भ# जैविक विविधतालाई बहु-पक्षीय सहयोग चाहिने_fororder_01

संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलन (कोप १५) अक्टोबर ११ तारिख चीनको युननान प्रान्तीय खुनमिङ शहरमा सुरू भएको छ। अक्टोबर ८ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले चीनको जैविक विविधता संरक्षण शीर्षक श्वेतपत्र सार्वजनिक गरी जैविक विविधताको अभाव समस्यासमक्ष सबै मुलुक एकै भाग्य समुदायमा रहेको उल्लेख गरेको छ। बहु-पक्षीयवादमा चीन अडिग रहेर जैविक विविधता संरक्षणको अन्तर्राष्ट्रिय सहयोगलाई सक्रिय रूपमा बढाएर विश्व जैविक विविधताको संरक्षण गर्न चीनले योजना तथा कार्यक्रम ल्याउने उल्लेख गरेको छ।

हाल विश्वसमक्ष विभिन्न प्रजातिको लोप, जैविक विविधतामा कमी, पारिस्थितिक प्रणालीमा गिरावट तथा चुनौती देखिएको छ। विज्ञानमार्फत जैविक विविधताको संरक्षण गरी मानवजाति र प्रकृतिलाई मेलमिलापयुक्त रूपमा मिलाउनु नै विश्वका विभिन्न मुलुकले गर्नुपर्ने मुख्य काम बनेको छ।

जैविक विविधता सन्धि १५ औँ सदस्य सम्मेलनमा सबैभन्दा पहिला संलग्न भएको र विश्वमा सबैभन्दा बढी जैविक विविधता भएको मुलुकमध्येको एकको रूपमा रहेको चीनले जैविक विविधताको संरक्षणमा निकै ध्यान दिएको छ। केही वर्षदेखि चीनले पारिस्थिति सभ्यताको शीर्ष-स्तरीय तथा प्रणालीत्मक रचनालाई बढाएर विश्वको सबैभन्दा ठूलो पारिस्थितिक पुनर्स्थापना परियोजनालाई वैज्ञानिक रूपमा व्यवहारमा उतारिरहेको छ। हाल चीनका स्थलीय पारिस्थितिकी प्रणाली प्रकार र राष्ट्रिय मुख्य संरक्षित जङ्गली जनावर र वनस्पति प्रजातिहरुको क्रमशः ९० र ७१ प्रतिशत संरक्षण भएको छ। युननान जङ्गली हात्ती समूह उत्तरतिर यात्रा, पान्डाको लोपोन्मुख सूचीबाट हटाइनु, प्रशस्त मात्रामा याङचे व्हेल माछा फेरि देखिनुबाट चीनको पारिस्थिति विकासको उपलब्धि देख्नसकिन्छ।

पृथ्वी नै मानवजातिको साझा घर हो, जैविक विविधता मानवजातिको जीवन र विकास गर्ने आधार हो भने पृथ्वी जीवन समुदायको मूल हो। जैविक विविधताको संरक्षण गर्न सबैको प्रयास र बहु-पक्षीय सहयोग चाहिन्छ। त्यसैले अन्तर्राष्ट्रिय समूहले मिलेर विश्व जैविक विविधता प्रणालीमा नयाँ प्रकृया सुरू गर्नुपर्छ।

श्वेतपत्रका अनुसार, चीन बहु-पक्षीयवादमा अडिग रही सहयोग र आदान-प्रदानलाई बढाइरहेको छ। चीनले परिस्थिति सभ्यताको सहयोगलाई वेल्ट एन्ड रोडको मुख्य विषयमा राखेर संलग्न भएका मुलुकलाई रकम, प्रविधि, क्षमता विकासलगायत समर्थन दिई हरित र कम कार्बन रूपान्तरणमा सहयोग गरेको छ।

विश्व जैविक विविधताको संरक्षण गर्न चीनले प्रयास गरिरहेको छ।