चिनियाँ राष्ट्राध्यक्ष र जर्मनी चान्सलरबीच भिडियो वार्ता
2021-10-14 09:54:05cri
Share with:

 चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १३ तारिख जर्मनीका चान्सलर एङ्गेला मर्केलसँग भिडियो वार्ता गर्नुभएको छ। सो क्रममा दुवै पक्षले मैत्रीपूर्ण वातावरणमा हाल केही वर्षयता चीन-जर्मनी र चीन-युरोप सम्बन्धको पूनरावलोकन गरेका छन्।

राष्ट्राध्यक्ष सीले मर्केलद्वारा आफ्नो कार्यावधिमा चीन तथा जर्मनी र चीन तथा युरोपबीचको सम्बन्धको विकासका लागि गरिएको सक्रिय योगदानको प्रशंसा गर्नुभएको छ। चिनियाँहरुले मैत्रीपूर्ण भावनालाई जोड दिने भन्दै चान्सलर मर्केलका लागि चिनियाँ ढोका सधैँ खुला रहने पनि बताउनुभएको छ। राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार शान्ति तथा विकासको खोजी नै चीन र युरोपबीचको साझा इच्छा हो। हाल विश्व महामारी प्रतिरोध र विश्व अर्थतन्त्र पुनरुत्थानको महत्वपूर्ण अवधि हो।

दिन प्रतिदिन बढ्दै गएको विश्व मामिलाका समस्याका सामु संसारका दुई ठूला महत्वपूर्ण शक्तिको रुपमा चीन र युरोपले शान्त तथा रचनात्मक रुपमा आपसी मतभेदको समाधान गर्नसक्छन्। युरोपले चीन लगायत विभिन्न मुलुकसँगसँगै शान्ति तथा विकासको समस्याको समाधानका लागि प्रयास गर्नसक्ने आशा चीनले गरेको छ।

चान्सलर मर्केलले आफ्नो कार्यावधिमा चीनले द्रुत गतिको विकासलाई साकार तुल्याएको बताउनुभयो। वार्ता क्रममा उहाँले सधैँ नै युरोपेली संघले स्वतन्त्र रुपमा चीनसँगको सम्बन्धको विकास गर्नसक्ने अडान लिँदै आएको पनि भन्नुभयो। उहाँका अनुसार, युरोप र चीनबीचको सम्बन्धले विविध जटिल चुनौतीलाई पार गरेर उच्च विकास गर्नसक्ने छ। चान्सलर मर्केलले निरन्तर रुपमा जर्मनी तथा चीन र युरोप तथा चीनबीचको सहयोगलाई प्रवर्द्धन गर्न प्रयास गर्दैजाने पनि व्यक्त गर्नुभएको छ।