चीनद्वारा विश्वको सम्पर्कलाई घनिष्टता
2021-10-15 20:50:28cri
Share with:

चीनद्वारा विश्वको सम्पर्कलाई घनिष्टता_fororder_6

हिजो अक्टोबर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत संयुक्त राष्ट्र संघको दोस्रो वैश्विक दीगो यातायात सभामा सहभागी भई एउटा सम्बोधन दिनुभएको छ। उहाँले भन्नुभयो,“हामीले विश्वको विकासको वातावरणलाई अनुरूप गर्नुपर्छ। यस गरी विश्वको यातायातको सहकार्यलाई अघि बढाउनुपर्छ। आधारभूत प्रबन्धको निर्माण, लगानी र व्यापारको विकासका साथै सभ्यताको आदान-प्रदानलाई नयाँ प्रगतितर्फ लैजानुपर्छ।”

सो कार्यक्रममा सीले पाँच वटा प्रस्ताव प्रस्तुत गर्नुका साथै विश्वको यातायातको दीगो विकासका लागि व्यावहारिक उपाय तथा सुझाव सार्वजनिक गर्नुभएको छ। यसबाट चीनले एउटा ठूलो मुलुकको जिम्मेवारी वहन गरेको देखिन्छ।

सीले आफ्नो सम्बोधनमा प्रस्तुत गर्नुभएका पाँच वटा प्रस्ताव यस्ता छन्, “खुलापन र सम्पर्कको राजनीतिलाई पालना गर्नुपर्छ।”“निष्पक्ष हितका लागि संयुक्तरूपमा विकास गर्नुपर्छ।”“विकासको शक्ति बलियो बनाउनका लागि अभिनवलाई महत्व दिनुपर्छ।”“पारिस्थितिकीय वातावरणलाई संरक्षण गर्नका लागि उत्पादनको क्रममा कम कार्बन उत्सर्जन गर्नुपर्छ।”“विश्वको सुशासनका लागि बहुपक्षीयवादको पालना गर्नुपर्छ।”