“सम्पूर्ण प्रक्रिया सहित जनप्रजातन्त्र” बाट चिनियाँ जनता साँच्चि नै घरको मालिक बन्ने
2021-10-15 16:48:34cri
Share with:

“सम्पूर्ण प्रक्रिया सहित जनप्रजातन्त्र” बाट चिनियाँ जनता साँच्चि नै घरको मालिक बन्ने_fororder_ruiping

कुनै एक देश प्रजातान्त्रिक हुनेछ कि? त्यसका जनता साँच्चिकै घरको मालिक बनेका छन् कि छैनन् भन्ने कुरा एकदमै आवश्यक हुन्छ। हाल आयोजना गरिएको केन्द्रीय समितिको जन कांग्रेस कार्यकारी सम्मेलनलाई सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले गहन रूपमा प्रकाश पार्नुभएको “सम्पूर्ण प्रक्रिया सहित जनप्रजातन्त्र” भन्ने विचारधारा वास्तवमा घरका मालिक बन्ने जनताको अधिकारलाई प्रत्याभूति दिने र जनताको वास्तविक चाहनाको समाधान गर्ने प्रजातान्त्रिक व्यवस्था रहेको छ। त्यस विचारधाराबाट चिनियाँ शैलीको प्रजातन्त्रको विशेषता प्रतिबिम्बित गरिएको छ।

विश्वको सबैभन्दा ठूलो सत्तारूढ पार्टीको रूपमा रही स्थापनाकै दिनदेखि चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनता आफ्नो घरको मालिक बन्ने कुरालाई महत्वपूर्ण कार्यभारको रूपमा व्यवहार गर्दै आएको छ। नयाँ चीन स्थापना भएपछि जन कांग्रेस व्यवस्था, बहुपार्टीको सहकार्य र राजनीतिक परामर्शदात्री सम्मेलन आदि श्रृंखलावद्ध महत्वपूर्ण राजनीतिक व्यवस्थामार्फत चिनियाँ कम्युनिष्ट पार्टीले “देशका सबै अधिकार जनतामाझ रहेको” कुराको प्रत्याभूति दिँदै आएको छ।

आगामी दिनमा चीनले चिनियाँ विशेषतायुक्त समाजवादी प्रजातान्त्रिक राजनीतिक बाटोलाई दृढताका साथ कायम राख्नुका साथै सम्पूर्ण प्रक्रिया सहित जनप्रजातन्त्रलाई निरन्तर रूपमा विकसित पार्दै जानेछ। त्यसबाट सुमधुर जीवनप्रति जनताको शुभेच्छालाई साकार तुल्याउनुका साथै मानव जातिको राजनीतिक सभ्यताका लागि अझ बढी चिनियाँ बुद्धि उपलब्ध गराउन सकिनेछ।