तथाकथित मानवअधिकारको गुरूले सिनच्याङ मामिलामा हस्तक्षेप गर्ने हैसियत राख्दैन
2021-10-19 20:46:51CRI
Share with:

तथाकथित मानवअधिकारको गुरूले सिनच्याङ मामिलामा हस्तक्षेप गर्ने हैसियत राख्दैन_fororder_IMG_6236(20211019-202425).JPG

अमेरिकी नेताले हालै एउटा भाषणमा सिनच्याङमा जबर्जस्ती श्रम अवस्था देखिएको बताउँदै चीनको सिनच्याङ शासन नीतिको बदनाम गरेका छन्। तर अमेरिकाले मानवअधिकारको निहुँमा चीनमाथि प्रहार गरिरहेबाट अमेरिकाको तथाकथित विश्व नैतिक नेतृत्व लिन नसक्नुका साथै मानवअधिकारसम्बन्धी अमेरिकाको कपटी र दोहोरो मानक पनि छताछुल्ल भएको छ।

अमेरिकाले कुनै पनि प्रमाण नभएको अवस्थामा तथाकथित जबर्जस्ती श्रम, नरसंहार लगायत झूट सिर्जना गरिरहेको छ साथै गठबन्धनसँग मिलेर चीनको बदनाम गरिरहेको छ।

तथाकथित मानवअधिकारको गुरूले सिनच्याङ मामिलामा हस्तक्षेप गर्ने हैसियत राख्दैन_fororder_IMG_6237(20211019-202454).JPG

झुट हजार पटक दोहोर्याए पनि झुट नै हो। हाल तथाकथित युगुर विशेष अदालतका साक्षीको उपस्थिति शुल्क र लुट अनुपातसम्बन्धी सूचना विदेशी मिडियाबाट सार्वजनिक गरिएको छ जसबाट तथाकथित सिनच्याङ मानवअधिकार समस्या नै चीनविरोधी व्यक्तिहरूले बनाएको झुट मात्रै हो र उनीहरूले सिनच्याङको उद्योग विकास, स्थिरता र चीनको विकासलाई बिगार्ने राजनीतिक उद्देश्य लिएको प्रमाणित भएको छ।

अमेरिकाले आफ्नो मानवअधिकार समस्याहरूमाथि सही रूपमा दृष्टि दिएर राम्रोसित व्यवस्थापन गर्नुपर्छ तर मानवअधिकारको निहुँमा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने होइन।

सिनच्याङलाई बदनाम गरेबाट अमेरिकाको समस्याको समाधान गर्न मद्दत पुग्दैन साथै सिनच्याङको समृद्धि तथा स्थिर वास्तविकतामा  परिवर्तन र चीनको विकास प्रवृत्तिमा बाधा पुग्न सक्ने छैन।