दशौँ हजार केराले वालस्ट्रीटको ताम्र साँढे छेउमा के उजुरी गर्दै
2021-10-20 20:34:32CRI
Share with:

हालै अमेरिकाको वालस्ट्रीटको ताम्र साँढेको छेउमा दशौँ हजार केरा राखिएका छन् साथै अर्कोपट्टि ठूलो गोरिल्लाको मूर्ति पनि राखिएको छ। आयोजकका अनुसार, अमेरिकामा बढ्दैगएको धनी-गरिब खाडल र निर्दयी पुँजीवादको विरोध गर्न उक्त कार्यक्रम चलाइएको हो। गोरिल्लाले अमेरिकी तल्लो तहमा संघर्ष गरिरहेका मानिसहरूको प्रतिनिधित्व गर्दछ भने दशौँ हजार केराले वालस्ट्रीट पागल बनिसकेको अर्थ बोकेको छ।

 दशौँ हजार केराले वालस्ट्रीटको ताम्र साँढे छेउमा के उजुरी गर्दै_fororder_11

हाल अमेरिकामा धनी-गरिब खाडल कति ठूलो छ त? फेडरल रिजर्वको तथ्याङ्कका अनुसार, अमेरिकाका शीर्ष धनी १० प्रतिशत समूहले अमेरिकाको ८९ प्रतिशत शेयर र कोषको स्वामित्व पाएका छन् र ऐतिहासिक रेकर्ड बनाएको छ साथै अमेरिकामा आयको हिसाबमा शीर्ष १ प्रतिशतका सुपर धनीहरूको सम्पत्तिले मध्यम वर्गीयको सम्पत्तिको कूल मात्रालाई नाघेको छ जुन अवस्था अमेरिकामा पहिलो पटक देखिएको छ। ब्लूमबर्गले लेखेको छ कि सम्पत्ति झनै पिरामिडको आकारमा संकलन हुँदैआउनु नै अमेरिकामा धनी-गरिब खाडल अरू विस्तार भएको पछिल्लो संकेत हो।

विश्वको एक मात्र सुपर ठूलो मुलुकले किन तल्लो तहका सर्वसाधारणको आग्रहलाई वेवास्ता गरी धनी-गरिब खाडलको मलजल गर्छ त? एकातिर पुँजीवादको गहिरो विरोधाभासले निर्धारण गरेको हो। फ्रान्सका विद्वान थोमास पिकेटीका अनुसार, उत्पादकत्व वृद्धि दरभन्दा पुँजीको ब्याज दर निकै धेरै बढेकोले पुँजीवादको समाजमा ध्रुवीकरण अवस्था पक्कै गम्भीर हुँदैजानेछ। तर कारण यस्तो मात्रै होइन। संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको प्रतिवेदनले उल्लेख गरे झैँ अमेरिकालगायत धनी समाजमा निरन्तर रूपमा चरम गरिबी देखिएको कारण सत्तारूढ पार्टीको राजनीतिक छनौट हो। यदि राजनीतिक इच्छा रहेमा अमेरिकाले चरम गरिबी हटाउनसक्छ।

दशौँ हजार केराले वालस्ट्रीटको ताम्र साँढे छेउमा के उजुरी गर्दै_fororder_22

तर वास्तवमा अमेरिकाको त्यस्तो इच्छा छैन। किनभने अमेरिका राजनीतिको सार नै पैसाको राजनीति हो, अर्थ र राजनीतिक अधिकार पाएका थोरै समूहका अभिजात वर्ग पुँजीको भूदास बनिसकेका छन्। धनी-गरिब खाडल समस्याको सामना गर्दा उनीहरूले आफ्नो सम्पत्तिको संरक्षण गर्नेबारे पहिलै नै सोचिसकेका छन्।