#समाचार सन्दर्भ# खोपको अन्तर्राष्ट्रिय सहयोग काममा निर्भर रहन्छ बोलीमा होइन
2021-10-21 17:08:05CRI
Share with:

#समाचार सन्दर्भ# खोपको अन्तर्राष्ट्रिय सहयोग काममा निर्भर रहन्छ बोलीमा होइन_fororder_01

चलचित्र टाइटानिकमा एउटा गहिरो छापलाग्ने दृश्य छ जहाँ जहाज डुबेपछि यात्रुको संख्याको एक तिहाइलाई मात्र पुग्ने लाइफबोट प्राथमिक रूपमा महिला र बालबालिकालाई प्रदान गरिन्छ। ती उद्धार भएका ७०४ जनामध्ये धेरैजसो महिला र बालबालिका छन्। कठिनाइ र जोखिमसमक्ष कमजोर समूहलाई प्राथमिक सहयोग गर्नु नै चलचित्रले सबैलाई प्रचार गर्न खोजेको विचार हो साथै अमेरिकालगायत पश्चिमाले निर्माण गरेको छवि पनि हो। तर अमेरिकाले हाल गरिरहेको गतिविधिबाट उक्त प्रयासलाई ध्वस्त बनाएको छ। हाल कोभिड-१९ को यो अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको गतिविधिले पूर्ण रूपमा ध्वस्त बनाएको छ।

खोप अध्ययनको सुरूदेखि अमेरिकाले घमण्ड देखाउँदै गलत निर्णय गरेको थियो। एकातिर खोप आधारित कूटनीति गरी प्रभुत्वको सपनालाई व्यवहारमा उतार्ने र अर्कोतिर विश्वव्यापी खोप आपूर्ति एकाधिकार गरी सम्पत्ति संकलन गर्ने योजना बनाएको थियो। तर चीन र रूसले खोपको सफलताका साथ अध्ययन र उत्पादन गरी विश्वसँग शेयर गर्दै विनाशबाट बचाएको छ। त्यसपछि अमेरिकाले जबर्जस्ती खोप उद्धारकको रूप देखाएर केही मुलुकलाई सहयोग गर्ने वचन दिएको छ तर व्यवहारमा देखिएको छैन।

गत जनवरीमा, त्यस बेला अमेरिकी विदेशमन्त्रीमा मनोनित भएका आन्टोनी ब्लिन्केनले अमेरिकीहरूको खोप आपूर्तिको निश्चित गरेसँगै विश्वका अरू खोप लगाउने इच्छा रहेकाहरूलाई प्रदान गर्ने वचन दिएका थिए। गत मे महिनाको मध्यकालमा आएर मात्र अन्तर्राष्ट्रिय समूहको दबावमा अमेरिकी सरकारले घोषणा गरेको थियो कि जुनको अन्तअघि विश्वसँग ८ करोड खोप शेयर गर्नेछ। तर उक्त कार्यक्रम पटक पटक गरी पछि सारिएको छ र विभिन्न पक्षको बारम्बार पर्यवेक्षणमा बल्ल अमेरिकाले अगष्टमा मात्र पालना गरेको थियो।

सेप्टेम्बर २२ तारिख अमेरिकाको नेतृत्वमा आयोजित कोभिड-१९ महामारीको विश्व शिखर सम्मेलनमा अमेरिकी सरकारले कम आय भएका मुलुकलाई ५० करोड डोज खोप अनुदान गरी एक वर्षपछि विश्वका कम्तिमा ७० प्रतिशत लाई खोप लगाउन निश्चित गर्न सहयोग गर्ने उल्लेख गरेको थियो। तर त्यसअघि अमेरिकी राष्ट्रपतिले प्रदान गर्न वचन दिएको ५८ करोड डोज खोपमध्ये १४ करोड डोज मात्र प्रदान गरिएको छ। त्यसैले अमेरिकाको यस वचन फेरि पालना नहुने धेरैको शंका छ।

विश्वमा सबैभन्दा विकसित चिकित्सा प्रविधि र चिकित्सा स्रोतको पर्याप्त मुलुकको रूपमा रहेको अमेरिकाले खोपको अन्तर्राष्ट्रिय सहयोगमा वचनलाई पालना गरिरहेको छैन तर महामारी विरोधको लाइफबोटको रूपमा मानिने खोपलाई राजनीतिक उपकरण बनाएको छ जसबाट सबैलाई निराशा लागेको छ। साथै त्यस्तो जिम्मा नलिने गतिविधिले विश्वको महामारी नियन्त्रण प्रकृयालाई निकै नकारात्मक प्रभाव पारेको छ।

महामारी फैलिएयता चीनले खोपको अन्तर्राष्ट्रिय सहयोगलाई बढाएर खोपलाई विश्वको सार्वजनिक उत्पादन वस्तुको रूपमा बनाउन प्रयास गरिरहेको छ। चीनले त्यस्तो वचन गरेको छ साथै पालना पनि गरिरहेको छ। हाल चीनले १०० भन्दा बढी मुलुकलाई खोप अनुदान गरेको छ साथै ६० भन्दा मुलुकलाई निर्यात गरेको छ र कूल संख्या ७७ करोड डोज पुगेको छ भने विश्वको अग्रस्थानमा छ।

हालै आयोजित कोभिड-१९ खोप सहयोगको अन्तर्राष्ट्रिय मञ्चमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले सक्दो प्रयास गरी सबै विकासोन्मुख मुलुकलाई महामारी नियन्त्रण सहयोग प्रदान गर्ने भन्दै यसै वर्ष चीनले विश्वलाई २ अर्ब डोज खोप प्रदान गर्न प्रयास गर्ने घोषणा गर्नुभएको छ। अक्टोबर १९ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त विदेशमन्त्री नारायण खड्कासँग टेलिफोन वार्ता गरी नेपाललाई महामारी नियन्त्रण गर्न अरू समर्थन गर्नका लागि चीनले नेपाललाई अर्को खेपको खोप अनुदान गरी चीनमा नेपालको खोप खरिदलाई सुविधा प्रदान गर्ने व्यक्त गर्नुभएको छ।

यी सबै गतिविधिबाट चीनले महामारी नियन्त्रणको अन्तर्राष्ट्रिय सहयोगको अरू समर्थन गर्ने र मानवजातीय स्वास्थ्य समुदायको रचना गर्ने दृढ अठोट देखिएको छ। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले चीन सरकारले नेतृत्व भूमिका निर्वाह गरी विकासोन्मुख मुलुकमा खोप पहुँचलाई योगदान गरेकोबारे आफूले आभार व्यक्त गर्न चाहेको भन्दै यो आवश्यक्ता भएको पनि बताउनुभयो।

हाल महामारी फैलिरहेको छ भने विकासोन्मुख मुलुकले खोप पाउन अझै गाह्रो छ त्यसैले खोपको अन्तर्राष्ट्रिय सहयोगलाई अरू व्यवहारमा उतार्न चाहिएको छ। यसरी नै मानवजातिले महामारीलाई पूर्ण रूपमा पराजित गर्नसक्छ र विश्वको सामान्य जीवन व्यवस्थाको पुनरूत्थान हुनसक्छ।