हातमा हात मिलाएर मानव जातिको उच्च गुणस्तरीय विकासका प्रयास
2021-10-21 16:18:54cri
Share with:

हातमा हात मिलाएर मानव जातिको उच्च गुणस्तरीय विकासका प्रयास_fororder_10.21

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १२ तारिख दिउँसो भिडियोमार्फत संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धि १५ औँ सम्मेलन (कोप १५) शिखर सम्मेलनमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले जैविक विविधताले पृथ्वीलाई जीवनपूर्ण बनाएको र यो मानवजातिको अस्तित्व र विकासको आधार पनि भएको भन्दै जैविक विविधताको संरक्षण गरेबाट पृथ्वीको संरक्षण र मानवजातिको दिगो विकासलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुभएको छ।

मानव जाति र प्रकृतिबीच मेलमिलापयुक्त सहअस्तित्व हुनुपर्छ। मानव जातिले प्रकृतिको मैत्रीपूर्ण रूपमा संरक्षण गरेमा मात्र प्रकृतिले मानव जातिलाई उदारपूर्ण जवाफ दिने छ। मानव जातिले प्रकृतिमाथि हिँसा गरेमा प्रकृतिले पनि मानव जातिमाथि निर्दयी रूपमा सजाय दिने छ। प्रकृतिलाई सम्मान गर्दै मानव र प्रकृतिबीच सहअस्तित्व भएको पृथ्वीको निर्माण गर्नसक्ने बताउनुभएको छ।

पानी र हरियो पहाडको मूल्य सुनको पहाड र चाँदीको पहाड हो। राम्रो पारिस्थितिक वातावरण प्राकृतिक धन मात्र नभइ आर्थिक धन हो जुन आर्थिक र सामाजिक विकासको क्षमता र सहनशक्तिसँग सम्बन्धित रहेको छ। हरियो विकास मोडेलको विकास गतिलाई बढाउने, आर्थिक विकास र पर्यावरण संरक्षणमा जीतको स्थिति बनाउने, पृथ्वीकोलागि अर्थव्यवस्था र वातावरणको संयुक्त रुपमा निर्माण गर्नुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।राष्ट्राध्यक्ष सीले कोभिड-१९ महामारीबाट विश्वको विकासमाथि नकारात्मक प्रभाव पारेको बताउँदै संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास एजेन्डालाई अघि बढाउन ठूलो चुनौती देखा परेको पनि व्यक्त गर्नुभयो। आर्थिक पुनरूत्थान र वातावरण संरक्षणकालागि विकासोन्मुख मुलुकलाई अझै सहयोग र समर्थन चाहिएको पनि उहाँले बताउनुभयो। राष्ट्राध्यक्ष सीले एकताबद्ध भई कठिनाईलाई जितेर विकास र उपलब्धिबाट राम्रो परिस्थितिलाई अझै न्यायपूर्वक रूपमा विभिन्न मुलुकका जनतासम्म पुर्याएर संयुक्त विकास हुने पृथ्वीको रचना गर्नुपर्ने पनि दोहोर्याउनुभयो।

हामी चुनौती र आशा मिसिएको युगमा बसेका छौँ। हामी हाम्रो साझा भविष्यका लागि हातमा हात मिलाएर मानव जातिको उच्च गुणस्तरीय विकासको नयाँ बाटोमा लाग्नुपर्छ। यसका लागि प्रथमत पर्यावर्णीय सभ्यताको निर्माणको नेतृत्वमा मानव जाति र प्रकृतिको सम्बन्धलाई समन्वय गर्नुपर्छ। दोस्रो, हरित परिवर्तन भन्ने शक्तिले वैश्वीक दीर्घकालीन विकासलाई प्रवर्द्धन गर्नुपर्छ। तेस्रो, जनतालाई केन्द्रमा राखेर सामाजिक निष्पक्षलाई प्रवर्द्धन गर्नुपर्छ। चौथो, अन्तर्राष्ट्रिय कानूनमा आधारित रहेर एक निष्पक्ष र उचित अन्तर्राष्ट्रिय शासन प्रणालीको संरक्षण गरिनुपर्छ।