न्यूजिल्याण्डका नवनियुक्त गभर्नर-जनरललाई सी चिनफिङको बधाइ सन्देश
2021-10-21 16:03:44CRI
Share with:

अक्टोबर २१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले न्यूजिल्याण्डका नवनियुक्त गभर्नर-जनरल सिन्टी किरोलाई बधाइ सन्देश पठाउनुभएको छ।

‘चीन र न्यूजिल्याण्ड एक अर्काका महत्वपूर्ण सहयोगात्मक साझेदार हुन्, सन्देशमा सीले औंल्याउनुभएको छ, ‘दौत्य सम्बन्ध स्थापनाको ४९ वर्षमा आपसी सम्बन्धमा ठूलो विकास भएको छ र दुई देशका जनताको लागि वस्तुगत हित ल्याइएको छ।’

कोभिड महामारीको सामना गर्दा दुई पक्षबीच महामारी नियन्त्रण तथा आर्थिक पुनरूत्थान सम्बन्धि प्रभावकारी सहयोग भइरहेको पनि सीले औंल्याउनुभएको छ। नवनियुक्त गभर्नर-जनरल किरोसँगै मिलेर पारस्परिक आदानप्रदान, वार्ता तथा सहयोग प्रवर्द्धन गर्दै आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धमा नयाँ प्रगति हासिल गर्दै जाने आशा पनि सीले गर्नुभएको छ।