अमेरिकाले कपटीपनलाई छोड्नुपर्छ
2021-10-23 17:00:20cri
Share with:

अमेरिकाले कपटीपनलाई छोड्नुपर्छ_fororder_15

२१ तारिख अमेरिकाको राज्य परिषदले एक वक्तव्य प्रकाशित गरी हङकङको मानवअधिकार र स्वतन्त्रता नष्ट भइरहेको र हङकङ राष्ट्रिय सुरक्षा कानूनको झुटो निन्दा गर्नुका साथै चीन तथा हङकङ विरोधी व्यक्तिलाई मुक्त गर्न चीनलई अव्यावहारिक रूपमा आग्रह गरेको छ। यी सबै कुराहरू अमेरिकाको झुट र कपट मात्रै हुन् साथै अमेरिकाको डबल मानक र हङकङलाई बिग्राने दाउ मात्रै देखिन्छ।

गत महिना चीनले एउटा तथ्य सूचि सार्वजनिक गरी सन् २०१९ नियम संशोधन गतिविधि भएयता अमेरिकाले हङकङ मामिलामा हस्तक्षेप गर्दै चीन र हङकङको विरोधमा समर्थन गरेकाबाट भएका विभिन्न आपराधिक गतिविधि उल्लेख गरेको छ। जसबाट तथाकथित मानवअधिकार गुरूको प्रभुत्व र षड्यन्त्रबारे विश्वले स्पष्ट रूपमा बुझेको छ। स्पष्ट प्रमाणसमक्ष अमेरिकाले फेरि मानवअधिकार तथा स्वतन्त्रताको झण्डा लिएर हङकङ मामिलामा हस्तक्षेपको कुनै अर्थ छैन।

वास्तवमा अमेरिकाले समर्थन गरिरहेको गुरू नै हङकङ शिक्षक समितिको चीन र हङकङ विरोधी सदस्य हो, उक्त समिति नै देशको शक्तिलाई विघटन गर्न स्थापित हङकङनेली देशभक्त र लोकतान्त्रिक आन्दोलन समर्थन महासंघको केन्द्रीय सदस्य हो। हङकङ प्रहरीले हङकङ राष्ट्रिय सुरक्षा कानूनबमोजिम विरोधी व्यक्तिलाई प्रकाउ गरी हङकङ कानुन शासनको मर्यादाको संरक्षण गरेको छ। अमेरिकाले ती विरोधी व्यक्तिलाई मुक्त गर्न अव्यावहारिक रूपमा आग्रह गर्नु नै हिंसालाई समर्थन गरी अपराध गर्नुसँग बराबर छ।

हाल सम्पन्न भएको संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ४८औँ सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिले भन्नुभयो कि आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु नै अन्तर्राष्ट्रिय व्यवस्थाको आधार हो, हङकङलगायत विषय नै चीनको आन्तरिक मामिला हो, बाह्य शक्तिले हस्तक्षेप गर्नुहुँदैन। २१ तारिख ७६औँ संयुक्त राष्ट्र संघको महासभाको तेस्रो समिति सम्मेलनमा ६०भन्दा बढी मुलुकले संयुक्त सम्बोधनमा हङकङ विशेष शासन क्षेत्रमा चीनको एक मुलुक दुई प्रणाली नीतिको समर्थन गर्नुका साथै मानवअधिकार विषयलाई राजनीतिकिकरण र डबल मानकको विरोध गर्ने व्यक्त गरेका थिए।

अन्तर्राष्ट्रिय समूहको विचारमा अमेरिकाले वेवास्ता गर्नुहुँदैन तर ऐनमा आफू हुर्नुपर्छ। हाल सबैले अमेरिकाको साँच्चो अनुहार देखिसकेका छन् कि केही अमेरिकीले हङकङको दीर्घकालीन सुरक्षामा ध्यान दिएको होइन थोरै चीन र हङकङ विरोधीको प्रयोग गरी अरू विरोधाभास उठाएर हङकङ र चीनलाई नष्ट गर्ने मात्र विचार छ।