पीतनदीको परिस्थितिक संरक्षणबाट हरित विकास बाटोमा चीन अडिग रहने धारणा देखिएको
2021-10-24 15:20:14cri
Share with:

पीतनदीको परिस्थितिक संरक्षणबाट हरित विकास बाटोमा चीन अडिग रहने धारणा देखिएको_fororder_5

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शान तोङ प्रान्तको निरीक्षण गरी पीतनदी क्षेत्र परिस्थितिक संरक्षण तथा उच्च गुणस्तरीय विकास बैठकको अध्यक्षता गर्नुभएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले पीतनदीको संरक्षण नै देशको सुशासनको ठूलो कार्य भएको भन्दै चौधौँ पञ्च वर्षीय योजनाको अवधिमा पीतनदी क्षेत्र परिस्थितिक संरक्षण तथा उच्च गुणस्तरीय विकासको स्पष्ट उपलब्धिको निश्चित गर्नुपर्ने दोहोर्याउनुभएको छ। जसबाट परिस्थितिक प्राथमिकता र हरित विकास भन्ने आधुनिकिकरण बाटोमा चीन अडिग रहने अठोट देखिएको छ।

चीनको दोस्रो लामो नदीको रूपमा रहेको पीतनदी चीनको महत्वपूर्ण पारिस्थितिक संरक्षण क्षेत्र हो साथै मानव आवत-जावत र आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पनि हो। तर पीतनदी विश्वमा माटो तथा बालुवाको मात्रा उच्चतम रहेको र व्यवस्थापन गर्न गाह्रो र पानीबाट गम्भीर क्षति हुने नदीमध्येको एक पनि हो। हजारौँ वर्षयता चीन राष्ट्रले पीतनदीबाट हुने बाढी र खडेरीसँग संघर्ष गरिरहेको छ। नयाँ चीन स्थापना भएपछि विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन भएयता पीतनदीको व्यवस्थापन र पीतनदी क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो उपलब्धि हासिल भएको छ साथै शान्त पीतनदीको ऐतिहासिक रेकर्ड बनाइएको छ।

केही वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङले हरेक पटकको आन्तरिक निरीक्षण गर्दा पारिस्थितिक सभ्यता निर्माणलाई महत्वपूर्ण कार्यक्रमको रूपमा राख्नुभएको छ जसबाट वर्तमान चीनको सुशासनमा पारिस्थितिक सभ्यता निर्माणको महत्वपूर्ण स्थान देखिएको छ। चीनले परिस्थितिक प्राथमिकता र हरित विकासमा अडिग रही पारिस्थितिक सभ्यताको विचार प्रचार गरेर विश्वसमक्ष देखिने पारिस्थितिक चुनौतीको सामना गर्न योगदान ग