सीद्वारा संयुक्त राष्ट्र संघमा चीनको वैधानिक सिट पुन:प्राप्तिको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन
2021-10-25 16:12:28cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिख पैचिङमा संयुक्त राष्ट्र संघमा रहेको जन गणतन्त्र चीनको वैधानिक सिट पुन: प्राप्ति गरेको ५० औं वार्षिकोत्सव समारोहमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीका अनुसार, ५० वर्षअघि संयुक्त राष्ट्र संघको २६ औं महासभाले अत्यधिक बहुमतद्वारा २७५८ नम्बरको निर्णय प्रस्तावलाई पारित गर्दै संयुक्त राष्ट्र संघमा रहेको जन गणतन्त्र चीनका सबै अधिकारको पुन:प्राप्ति गर्ने निर्णय गरेको थियो। साथै त्यस महासभाले जन गणतन्त्र चीन सरकारका प्रतिनिधि संयुक्त राष्ट्र संघमा रहेको एउटा मात्र वैधानिक प्रतिनिधि हुने कुरालाई मान्यता दिएको थियो। त्यो चिनियाँ जनताको बिजय हुनुका साथै विश्वका विभिन्न मुलुकका जनताको साझा बिजय पनि हो।

 

राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्र संघमा चीनले बैधानिक सीट पुन प्राप्ति गरेको कुरा विश्वको एउटा विशाल घटना हुनुका साथै राष्ट्र संघको एउटा विशाल घटना हो भन्दै विश्वमा शान्तिलाई माया गर्ने र न्याय लिने मुलुकहरुको संयुक्त प्रयासको परिणाम पनि रहेको कुरामा जोड दिनुभयो। यो घटनाले विश्वको जनसंख्यामध्ये एक चौथाई भाग ओगटेको चिनियाँ जनता फेरी संयुक्त राष्ट्र संघको मञ्चमा चढेको द्योतक रहेको र चीन तथा विश्वका लागि अर्थपूर्ण रहेको उहाँले औंल्याउनुभयो।

 

संयुक्त राष्ट्र संघका लागि नयाँ चीनले कानुनी अधधिकार प्राप्त गरेको ५० बर्ष यता चीनले शान्तिपूर्णरूपमा विकास गर्नुका साथै सम्पूर्ण मानवलाई हितकल्याण गरेको कुरा राष्ट्राध्यक्ष सी चिन फिङले उल्लेख गर्नुभयो।

 

गएका ५० बर्षमा चीनले मानव विकासलाई थप सशक्त बनाएको देखिन्छ। सोही अवधिमा चिनियाँ जनताले र विश्वका विभिन्न मुलुकका जनतासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय निष्पक्ष र न्यायको संरक्षण गर्दैआएको साथै विश्वको शान्तिपूर्ण विकासका लागि ठूलो योगदान दिएको देखिन्छ। यस बाहेक चिनियाँ जनताले संयुक्त राष्ट्र संघको अधिकारलाई संरक्षण गर्दै बहुपक्षीयवाद अँगाल्ने कुरालाई पालना गरिरहेको छ।

 

उहाँका अनुसार, संयुक्त राष्ट्र संघमा रहेको नयाँ चीनको वैधानिक सिट पुन: प्राप्त भएको ५० वर्षमा चीनले शान्तिपूर्ण रूपमा विकास गर्दै मानव जातिका लागि हितकल्याणको सिर्जना गरेको ५० वर्षको अवधि हो।

 

चिनियाँ जनताले सधैं नै विश्वका विभिन्न मुलुकका जनतासँगै एकताबद्ध भएर अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्नुका साथै विश्व शान्ति र विकासका लागि महत्वपूर्ण योगदान गर्दै आएको कुरामा पनि उहाँले जोड दिनुभएको छ।

 

एक मुलुकको विकास बनाउन जुन मुलुकको वास्तविक परिस्थिति र जनताको समर्थन धेरै महत्वपूर्ण भएको कुरालाई सी चिन फिङले जोड दिनुभयो। उहाँले सबै मानिसले संयुक्तरूपमा कठिनाइको समाधान गर्नुपर्ने,संयुक्तरूपमा जीवन बिताउनुपर्ने र मानव जातिका लागि साझा भविष्य भएको समुदायलाई निर्माण गर्नुपर्ने कुरा पनि व्यक्त गर्नुभयो।

 

सी चिन फिङले हितकल्याणलाई बाँडफाँड गर्नुपर्ने, अधिकारलाई साझा बनाउनुपर्ने र जिम्मेवारीलाई संयुक्त रूपमा वहन गर्नुपर्ने भन्दै एउटा सुन्दर तथा खुशीले भरिएको विश्वलाई संयुक्तरूपमा निर्माण गर्ने कुरामा जोड दिनुभयो।

 

जनतालाई महत्व दिई केन्द्रीय भाग राख्नुपर्ने र सबै जनाको समान सहभागी तथा समान लाभ प्राप्त गर्न सक्ने अवसरको सिर्जना गर्नुपर्ने भन्दै हरेक व्यक्तिको हितकल्याण हुने विकासको वातावरण निर्माण गर्नुपर्ने कुरालाई प्राथमिकताका साथ उठाउनु भएको छ।

 

चीनले इतिहासको प्रवृतिसँग अनुकूल भई सहयोग कायम राख्ने, आपसी हित र साझा जित तथा खुलापनलाई निरन्तरता दिने कुरामा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो। चिनियाँ जनताले संयुक्त राष्ट्र संघको आधिकारिकता र स्थानको संरक्षण गर्दै चीन र संयुक्त राष्ट्रसँगैबहुपक्षीयवाद अपनाउने कुरामा चीन दिनप्रतिदिन गहन हुँदै आएको कुरामा उहाँले जोड दिनुभयो।

 

चिनियाँ विशेषतायुक्त मानव अधिकारको विकासको बाटोले चीनको मानव अधिकारको प्रगति र अन्तर्राष्ट्रिय मानव अधिकार कार्यका लागि महत्वपूर्ण योगदान पुर्‍याएको कुरामा सीले प्रकाश पार्नुभयो। यसका साथै उहाँले मानव जातिको साझा मूल्य धुमधामसँग प्रचार प्रसार गर्नुपर्ने र एउटा अरु सुन्दर संसारको निर्माण गर्नका लागि सही सिद्धान्त प्रदान गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।

 

राष्ट्राध्यक्ष सीले मानव जातिका सामू देखा परेका विविध चुनौति र विश्वव्यापी समस्याको समाधान गर्नका लागि आपसी सहयोगलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभयो।

 

राष्ट्राध्यक्ष सीले नयाँ इतिहासको शुरुवातमा चीनले शान्तिपूर्ण विकासको मार्गमा सुधार र खुलापनको मार्गमा तथा बहुपक्षीयवादको मार्गमा लाग्ने कुरामा पनि विशेष व्याख्या गर्नुभयो।

 

राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो: हामीले हातमा हात मिलाउँदै विश्वको स्थायी शान्ति र विकासलाई साकार तुल्याउन र मानव जातिको भाग्यमा एकरूपताको स्थापनालाई अघि बढाउनका लागि अथक प्रयास गर्दै जानुपर्छ।