चीन सँधै नै विश्वको शान्ति निर्माता
2021-10-25 21:08:46cri
Share with:

चीन सँधै नै विश्वको शान्ति निर्माता_fororder_123.JPG

शान्ति तथा सुरक्षा कति मूल्यवान हो भन्ने कुरा शान्ति प्रेमी चिनियाँ जनतालाई गहन रूपमा थाहा छ र स्वतन्त्र शान्तिपूर्ण कूटनैतिक नीति अंगाल्दै प्रभुत्वबाद तथा शक्तिशाली राजनीतिको कडा विरोध गरिरहेको छ। उक्त कुरा अक्टोबर २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको बैधानिक स्थान पुनः प्राप्ति भएको ५०औं वार्षिकोत्सव स्मृति समारोहमा भन्नुभएको हो। चीनले शान्तिपूर्ण विकासको बाटोमा अडिग भएर हिँड्दै विश्वको शान्ति निर्माता बनिरहने जोड पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ। सोही दिन संयुक्त राष्ट्र संघका महासचिव गुटरेसले विश्व शान्ति तथा विकासको प्रवर्द्धनमा चीनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ।

संयुक्त राष्ट्र संघको संस्थापक सदस्य मुलुक चीनले शान्ति तवरले राजनैतिक मतभेदको समाधान गर्ने समर्थन गरिरहेको छ। कोरियाली प्रायद्वीपको आणविक समस्या होस वा इरान आणविक समस्या लगायत विश्व चर्चित समस्याको समाधानमा चीनले सक्रियताका साथ भाग लिइरहेको छ। सुरक्षा परिषदको स्थायी सदस्य मुलुको हैसियतले शान्ति संरक्षण कार्यक्रमलाई हालसम्म चीनले ५० हजार जना पठाइसकेको छ। चीन संयुक्त राष्ट्र संघ सदस्य शुल्क तिरेको दोस्रो ठूलो मुलुक र शान्ति संरक्षण शुल्क तिरेको दोस्रो ठूलो मुलुक बनेको छ। यसका अतिरिक्त, अन्तर्राष्ट्रिय अस्त्र नियन्त्रण र निरस्त्रिकरण प्रक्रियामा पनि चीनले सक्रियाताका साथ भाग लिइरहेको छ। ‘आणविक अस्त्र अप्रसार सन्धि’ लगायत २० वटा अन्तर्राष्ट्रिय अस्त्र नियन्त्रण सन्धि तथा संस्थामा चीनले भाग लिइसकेको छ।

चीन किन सँधै विश्वको शान्ति निर्माता रहिरहेको छ? बितेका ५ हजार वर्षमा चिनियाँ राष्ट्रको सांस्कृतिक निरन्तरताबाट आउँछ र शान्ति चिनियाँ सत्तारूढ पार्टीको रक्तमा रहिरहेको छ। यसै कारणले चीनले धेरै पटक गरी सार्वजनिक गरिसकेको छ कि चीनले कहिले पनि प्रभुत्ववाद र विस्तारवादको पक्षमा वकालत गर्दैन।

शान्ति नै सम्पूर्ण मानवजातिको साझा मूल्य हो र चिनियाँ जनताको अथक प्रयास गर्ने लक्ष्य पनि हो। चीन सँधै नै विश्वको शान्ति निर्माता

रहिरहने छ भन्ने कुरा चीनको गम्भीर वचन हो र गर्दै जाने काम पनि हो।