चिनियाँ राष्ट्राध्यक्ष तथा बेल्जियमका राजाबीच बधाई सन्देश आदानप्रदान
2021-10-25 16:38:50CRI
Share with:

आपसी दौत्य सम्बन्ध स्थापित भएको ५० औं वार्षिकोत्सवका उपलक्ष्यमा अक्टोबर २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा बेल्जियमका राजा फिलिप लियोपोल्ड लुइस मेरीबीच बधाइ सन्देश आदानप्रदान भएको छ।

सन्देशमा सीले औंल्याउनुभएको छ, ‘चीन-बेल्जियम दौत्य सम्बन्ध स्थापित भएयता, एकअर्काको सम्मान तथा हितयुक्त साझा विजय आधारित पारस्परिक सम्बन्धको विकास भइरहेको छ। महामारीपछि दुई देशका जनताले एक अर्कालाई सहयोग गर्दै मित्रताको नयाँ अध्याय पल्टाएका छन्। दौत्य सम्बन्ध स्थापित भएको ५०औं वार्षिकोत्सवको अवसरमा आपसी सम्बन्धको विकासमा नयाँ प्रगति हासिल गर्दै चीन-यूरोप सम्बन्धको विकासको लागि नयाँ योगदान दिँदै जाने इच्छा चीनले लिएको छ।’

बधाइ सन्देशमा बेल्जियमका राजा फिलिपले चीनको धेरै पटक भ्रमणमा फड्को मार्नेखालको प्रगति हासिल भएको चीन र बेल्जियमबीच विकसित सम्बन्धको साक्षी रहेको बताउँदै भविष्यमा पारस्परिक मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन हुँदै जाने अपेक्षा पनि व्यक्त गर्नुभएको छ।

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ तथा बेल्जियमका प्रधानमन्त्रीबीच पनि बधाइ सन्देश आदानप्रदान भएको छ।