चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त राष्ट्र संघका महासचिव गुटरेसबीच भेटघाट
2021-10-25 16:06:35CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिख पैचिङस्थित जनबृहत सभा भवनमा भिडियोमार्फत् संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेससँग भटेघाट गर्नुभएको छ।

सीले आज संयुक्त राष्ट्र संघमा नयाँ चीनको वैधानिक स्थान पुनः प्राप्तिको ५०औँ वार्षिकोत्सव भएको बताउँदै चीनले स्मृति सम्मेलनको आयोजना गर्नुको उद्देश्य चीन र संयुक्त राष्ट्रसंघले हिँडेको असामान्य प्रक्रियाको सिंहावलोकन गर्नु र नयाँ ऐतिहासिक आरम्भबाट प्रस्थान गरी सुन्दर संसारको सिर्जना गर्नु रहेको पनि बताउनुभयो।

सीले चीनले संयुक्त राष्ट्र संघसँग पचास वर्षसम्म सहकार्य गर्दाको महत्वपूर्ण अनुभव संयुक्त राष्ट्र संघको सपनालाई सधैं नै कायम राख्नु, बहुपक्षीयतावादको बाटो हिँड्नु, विश्वको शान्ति तथा विकासका लागि योगदान दिनु हो, भन्नुभयो। चीनले विश्वका विभिन्न मुलुकसँग मिलेर संयुक्त राष्ट्र संघको झण्डामा एकतावद्ध भई मानव भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको कुरामा सीले जोड दिनुभयो।