#अल्पसंख्यक जाति# पठारभूमिमा एल्भ्स मानिएको तिब्बती मृग
2021-10-26 15:30:20cri
Share with:

#अल्पसंख्यक जाति# पठारभूमिमा एल्भ्स मानिएको तिब्बती मृग_fororder___172.100.100.3_temp_9500041_1_9500041_1_1_36b00dcb-e130-4c9a-ac59-1e6f78463163

प्रत्येक मे र जुन महिनामा तिब्बती मृगहरूको बसाइँसराइको मौसम हो। करिब चार हजार मिटर उचाइमा रहेको छिङहाइ-तिब्बत रेलवेको वु ताउल्याङ स्टेशनमा संरक्षक लङचौ छाइच्याले हरेक बिहान टेलिस्कोपद्वारा बसाइँ सर्ने तिब्बती मृगहरूको अवलोकन गरेका छन्। यदि तिब्बती मृगहरू बसाइँसराइ गरेमा रक्षकहरूले आवतजावत गाडीहरू रोक्नुपर्छ। अन्य मौसममा, रक्षकहरूको मुख्य काम पहाडमा गस्ती गर्ने हो। लङचौ छाइच्याले जानकारी दिए,  " उद्धार चाहिने जंगली जनावरहरू खोज्नका लागि सामान्यतया हरेक दिनमा लगभग 200 किलोमिटर हिड्नुपर्छ।" केही वर्षअघि लङचौ छाइच्याले आफूले उद्धार गरेको हरेक साना तिब्बती मृगलाई नाम दिएका थिए। "त्यसपछि मैले यस्तो गरेको छैन। तिब्बती मृगहरू यहाँका वास्तविक मालिक हुन्। तिनीहरू यहाँका हुन्, मानिसका होइनन्।"

तर गत शताब्दीको ८० र ९०दशकमा, युरोपेली र अमेरिकी महिलाका लागि सल बनाउन पठारभूमिमा २६लाख वर्ष बसोबास गर्ने यी "मालिक"हरूमध्ये लगभग सबैलाई शिकार गरिएको थियो। तीन तिब्बती मृगको भुँवाबाट औँठी पार गर्ने सल बनाउन सकिन्छ। एउटा सलको मूल्य ५,००० देखि ३०,००० अमेरिकी डलरसम्म पुगेको छ। ठूलो नाफाले  ठूलो मात्राको शिकार बढेको छ। कम्तिमा २ लाख देखि ३लाखसम्मका तिब्बती मृग शिकार गरिएका थिए।

तिब्बती मृगको सुरक्षा गर्न रक्षक र शिकारीले जीवन र मृत्युको प्रतिस्पर्धा गरेका छन्। सन् १९८८  चीनले "जंगली जनावर संरक्षण कानून" तर्जुमा गरेर सबैभन्दा कडा मापदण्डमार्फत् पठारभूमिमा एल्भ्स मानिएको तिब्बती मृगको संरक्षण गर्दछ।

तर शिकारीहरू झन् चतुर र क्रूर पनि बन्दै थिए। तिब्बती मृगका अवैध शिकारीको बन्दुकबाट तिब्बती वन्यजन्तु रक्षक चेसाङ सोनानदाचे ज्यान गुमाएका छन्। यद्यपि मृत्युले संरक्षकहरूलाई तर्साएको छैन। अझ बढी स्वयंसेवकहरूले सोनानदाचेलाई उदाहरण बनाएका छन्। अझ बढी सुरक्षा कार्यहरू सुरु  भएका छन्। र तिब्बती मृगको संरक्षण कार्यमा अझ बढी उन्नत उपकरणको प्रयोग गरिएको छ।

चीनले तिब्बती मृगको बासस्थानमा सानच्याङयुआन राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ। सरकारले पर्यावरणीय पुरस्कार र भत्ता सुरु गरेको छ। सन् २०१६ देखि, तिब्बती मृगको बासस्थाननजिकै ९लाख भन्दा बढी पर्यावरणसम्बन्धी पद थपिएका छन्।  जंगलको रक्षक, बनस्पतिको रक्षक, सिमसारको रक्षक आदि हिमाली पठारभूमिमा पयावरणीय रक्षक बनेका छन्।

छिङहाई-तिब्बत राजमार्गका निर्माणकर्ताहरूले लागतको वेवास्ता गरी बसाइँसराइको उपमार्ग डिजाइन गर्नुका साथै भ्याडक्टको निर्माण गरेका छन्।

मेहनत गरेर उपलब्धि हासिल गरेका छन्। स्थानीय क्षेत्रमा निरन्तर १० वर्षभन्दा बढी समयदेखि तिब्बती मृगको अवैध सिकारको शून्य छ।

तिब्बती मृगको संख्या गत शताब्दीको अन्त्यमा ७० हजारबाट बढेर ३लाख पुगेको छ।

सन् २०१५ चिनियाँ वातावरण संरक्षण मन्त्रालयले तिब्बती मृगलाई खतरामा परेको प्रजातिको सूचीबाट हटायो।

सन् २०१६  विश्व संरक्षण संघ (IUCN) ले तिब्बती मृगको स्तरलाई संकटापन्नबाट खतराको नजीक भन्नेमा घटायो।

छिङहाई-तिब्बत पठारभूमिमा रहेको आधारभूत प्रजातिको भएकाले तिब्बती मृग स्थानीय पर्यावरणीय स्वास्थ्यको लागि ज्यादै महत्त्वपूर्ण छ। किनभने जैविक विविधता नै यो संसारको सार हो।