चिनियाँ राष्ट्राध्यक्ष तथा पाकिस्तानी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
2021-10-26 16:34:49CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २६ तारिख पाकिस्तानी प्रधानमन्त्री इम्रान खानबीच टेलिफोन वार्ता भएको छ।

टेलिफोनमा सीले औंल्याउनुभएको छ, ‘चीन-पाकिस्तान दौत्य सम्बन्ध स्थापित भएको ७० वर्षयता, दुई देशले कठिनाइमा हातमा हात मिलाएर अघि बढिरहेका छौं। नयाँ परिस्थितिमा चीन तथा पाकिस्तानले आपसी सर्वकालिक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अघि बढाउँदै नयाँ युगमा अझ घनिष्ट सम्बन्धयुक्त चीन-पाकिस्तान संयुक्त भाग्य समुदायको निर्माण गर्दै जानेछौं।’

साथै उहाँले कोभिड महामारीको प्रतिरोध गर्न चीनले पाकिस्तानलाई समर्थन दिँदै जाने र चीन-पाकिस्तान आर्थिक करिडोरलाई उच्च गुणस्तरिय पार्दै जाने विषयमा प्रकाश पनि पार्नुभएको छ।

टेलिफोनमा पाकिस्तानी प्रधानमन्त्री खानले भन्नुभयो, ‘वर्तमान विश्वमा विद्यमान धेरै महत्वपूर्ण समस्याहरू छन् र पाकिस्तान तथा चीन बीचको अझ घनिष्ट सम्बन्ध तथा सम्पर्क राख्ने आवश्यकता छ। कोभिड महामारी प्रतिरोधका क्षेत्रमा चीनले पाकिस्तानलाई समर्थन दिइरहेको छ र पाकिस्तानी जनताको जीवन सुरक्षाको संरक्षण गरेको कुरा नै ठूलो मुलुकले सानो मुलुकलाई निःस्वार्थ रूपमा सहयोग दिएको नमूना मान्नुपर्छ। चीनसँगै मिलेर पाकिस्तान-चीन आर्थिक करिडोरको निर्माण लगायत विभिन्न क्षेत्रमा हुने वस्तुगत सहयोगलाई अघि बढाउने आशा पाकिस्तानले लिएको छ।’