चीनले वास्तविक बहुपक्षीयतावादको दृढ रक्षा गर्ने
2021-10-27 18:49:06cri
Share with:

‘संयुक्त राष्ट्र संघको आधिकारिकता तथा स्थानको दृढ संरक्षण गर्दै वास्तविक बहुपक्षीयतावादको  कार्यान्वयन गर्नुपर्छ,’ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २५ तारिख संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक स्थान पुनः प्राप्ति भएको ५० औं वार्षिकोत्सव स्मृति समारोहमा सम्बोधन गर्दा भन्नुभएको हो। विश्वमा के कस्तो अन्तर्राष्ट्रिय परिपाटीको आवश्यकता छ भन्ने बारेमा चीनको सैद्धान्तिक अडानको राष्ट्राध्यक्ष सीले फेरि एक पटक ब्याख्या गर्नुभएको छ। चीन बहुपक्षीयतावादको बाटोमा हिँड्दै अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक रहँदै जाने पुष्टि पनि उहाँले गर्नुभएको छ।

चीनले वास्तविक बहुपक्षीयतावादको दृढ रक्षा गर्ने_fororder_111

संयुक्त राष्ट्र संघको संस्थापक सदस्य चीनले राष्ट्र संघसँगको सहकार्यको ५० वर्षमा महत्वपूर्ण अनुभव हासिल गरेको छ कि राष्ट्र संघको परिकल्पना मनमा राखेर बहुपक्षीय बाटोमा अडानका साथ हिड्नुपर्छ जसबाट गहन परिवर्तन तथा सुधारमा परेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रणालीमा स्थिर शक्ति थपिएको छ।

वर्तमान परिस्थितिमा महामारीको प्रतिरोध होस् वा जलवायु परिवर्तनको सामना होस् वा विश्वको अर्थतन्त्र उत्तेजित पारी विश्व विकासमा असन्तुलित समस्याको समाधान होस्, चीनले सँधै नै संयुक्त राष्ट्र संघको नेतृत्वमा बहुपक्षीय प्रारूपमा भूमिका निर्वाह गरिरहेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा चीनले खेलेको भूमिका झन् झन् महत्वपूर्ण बन्दै जाने क्रममा चीनले कथित नयाँ नियम तथा नयाँ प्रणालीको स्थापना गर्न खोजिरहेको भन्ने आशंका केही पश्चिमा मुलुकहरूले गरिरहेका छन्।

चीनले वास्तविक बहुपक्षीयतावादको दृढ रक्षा गर्ने_fororder_222

बहसभन्दा तथ्य शक्तिशाली हुन्छ। मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण भन्ने विचार संयुक्त राष्ट्र संघ निर्णय प्रस्तावमा समावेश गरिएको छ भने बीआरआई अवधारणाले विश्वका १४० वटा मुलुक तथा ३० वटा अन्तर्राष्ट्रिय संगठनको सक्रिय प्रतिक्रिया पाएको छ। ती तथ्यहरूबाट के प्रमाणित भएको छ भने चीनले प्रस्ताव गरेको वास्तविक बहुपक्षीयतावाद विश्वका अधिकांश मुलुकका लागि आकर्षक बाटो नै हो। चीनले मानवजातिको शान्ति तथा विकासको प्रवर्द्धनमा अझ सकारात्मक भूमिका निर्वाह गर्दै जानेछ र अन्य मुलुकसँगै मिलेर वास्तविक बहुपक्षीयतावादबाट सुन्दर विश्वको निर्माण गर्दै जानेछ।