पैचिङ स्याङशान मञ्चको आवाज अमेरिकाले सुन्नुपर्ने
2021-10-28 16:26:30CRI
Share with:

पैचिङ स्याङशान मञ्च २०२१ अक्टोबर २६ तारिख पैचिङमा सम्पन्न भएको छ। २ दिनसम्म चलेको सो मञ्चमा विश्वका २० वटा मुलुकका ५० जना विद्वानहरूले ठूला मुलुक बीचको सम्बन्ध तथा एशिया-प्रशान्त सुरक्षा, बहुपक्षबाद तथा अन्तर्राष्ट्रिय परिपाटी लगायत विविध विषयबारे गहन रूपमा वैचारिक आदानप्रदान गरेका छन् र विश्वको सुरक्षा संचालनको लागि योगदान तथा बुद्धि प्रदान गरेका छन्। बहुपक्षबाद तथा सहयोग एवम् साझा जीतमा निरन्तरता दिँदै विश्वको शान्ति तथा स्थिरताको संयुक्त संरक्षण गर्नुपर्ने ठहर ती विद्वानहरूले गरेका छन्।

पैचिङ स्याङशान मञ्चको आवाज अमेरिकाले सुन्नुपर्ने_fororder_香山1

यस पटकको मञ्च विश्वको सुरक्षामा देखा परेका चुनौती दिनप्रतिदिन गम्भीर भइरहेको परिस्थितिमा आयोजित भएको हो। मञ्चमा विद्वानहरूले एशिया-प्रशान्त क्षेत्रको सुरक्षामा अमेरिकाले पारेको प्रभावबारे गहन रूपमा छलफल गर्दै विद्यमान समस्याहरूको श्रोतको विश्लेषण गरेका छन्। विश्वमा ठूला होस् वा साना क्षेत्रमा भएका संघर्षहरूका अधिकाँश अमेरिकी संगाती प्रणालीबाट उत्पन्न भएका हुन् र बहुपक्षीयताबादको लुगा लगाएको एकपक्षबादले क्षेत्रीय शान्तिलाई भङ्ग पारिरहेको चेतना उठाउनुपर्छ भन्ने विचार केही विद्वानहरूले औंल्याएका छन्। अमेरिकाले भारत-प्रशान्त क्षेत्रमा अझ समावेशी नीति अंगाल्नुपर्छ र चीन तथा अन्य मुलुकसँगै शान्ति तथा समृद्धिको प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरा पनि जनाएका छन्।

एशिया-प्रशान्त क्षेत्रको सुरक्षामा उठाएका चुनौतीबारे सम्मिलित विद्वानहरूले तर्कसंगत समाधान उपायहरू पनि जनाउँदै सहयोग तथा साझा जीतबाट विश्व सुरक्षाको संचालन गर्नुपर्ने जोड दिएका छन्।

नजर पुर्याउनुपर्ने कुरा के हो भने सो मञ्चमा सहभागी विद्वानहरूले सुरक्षा समस्याको समाधानका उपाय खोजिरहेका बेला अमेरिकी विमानवाहक लडाकू जहाज समूहले अक्टोबर २५ तारिख दक्षिण समुद्रमा जापानसँग युद्धपोत जहाजको अभ्यास गर्यो जसबाट सोही क्षेत्रको तनावपूर्ण स्थितिलाई झन् गम्भीर पारिएको छ। यस्तो गतिविधि मूल प्रवाहसँग विपरीत हो।

पैचिङ स्याङशान मञ्चको आवाज अमेरिकाले सुन्नुपर्ने_fororder_香山2

महामारी तथा अन्तर्राष्ट्रिय परिस्थिति जटिल तथा परिवर्तित भइरहेको पृष्ठभूमिमा पैचिङ स्याङशान मञ्चको आयोजनाबाट सहयोग तथा साझा जीत विचार आधारित चीनले विश्वको शान्ति तथा स्थिरताको लागि योगदान तथा बुद्धि प्रदान गरेको प्रतिविम्वित गरिएको छ। पैचिङ स्याङशान मञ्चबाट उठाएको बहुपक्षबाद तथा सहयोग एवम् साझा जीतको आवाज नै युगको माँग हो र अमेरिकाले राम्रोसँग सुन्नुपर्छ।