जलवायु परिवर्तनको सामना गर्ने काममा चीन
2021-10-28 21:18:26cri
Share with:

बितेका वर्षहरूमा विश्वव्यापी गर्मी बढ्दै गइरहेकोबाट विविध किसिमका असर पारिएको छ र जलवायु परिवर्तनको सामना गर्नु जरूरी रूपमा गतिविधि चलाउनुपर्ने विश्वव्यापी विषयसूची बनिसकेको छ। हालै चीनले ‘जलवायु परिवर्तनको सामना गर्ने नीति तथा कार्यक्रम’ श्वेत-पत्र सार्वजनिक गर्दै बितेका वर्षहरूमा यसै क्षेत्रमा चीनले पाएको प्रगति तथा उपलब्धिबारे जानकारी दिएको छ। जसबाट चीनले जलवायु परिवर्तनको सामना गर्ने अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गरिरहेको र मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्ने जिम्मा काँधमा राखिरहेको छ।

जलवायु परिवर्तनको सामना गर्ने काममा चीन_fororder_气候1

सन् २०११ यता, चीनले राष्ट्रिय स्तरबाट जलवायु परिवर्तनको सामना सम्बन्धि श्वेत पत्र सार्वजनिक गरेको यो दोस्रो पटक हो।

वर्तमान अवस्थामा चीनले कार्बनडाइअक्साइटको उत्सर्जनको द्रूतवृद्धि भएको अवस्थामा सुधार गर्दै गृह ग्याँसको निष्काशनको प्रभावकारी नियन्त्रण गरिसकेको छ। विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनले आर्थिक विकास, जनजीवनको सुधार, प्रदूषणको संचालन, उर्जा सुरक्षाको संरक्षणका साथै यस्तो परिवर्तन ल्याउनु सजिलो काम होइन। यसका पछाडि केन्द्रिय सरकारदेखि स्थानीय तहसम्मको बन्दोबस्त तथा कार्यान्वयनमा हरेक चिनियाँको अथक प्रयाससँग घनिष्ट रूपमा सम्बन्धित छ।

यसका अतिरिक्त, चीनले आफ्नो योगदानको लक्ष्यलाई पनि माथि उकासिरहेको छ। सन् २०२०को सेप्टेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै भन्नुभयो, ‘चीनबाट उत्सर्जन हुने कार्बन डाइअक्साइट सन् २०३० अघि शिखरमा पुग्ने छ र सन् २०६०अघि कार्बन न्यूट्रल हुने छ।’ यसको अर्थ चीनको सामु उर्जा तथा औद्योगिक हस्तान्तरणको भारी कार्य रहने छ।

यस्तो लक्ष्यलाई साकार तुल्याउन चीनले कार्बनको चुचुरो र कार्बन न्यूट्रललाई आर्थिक सामाजिक विकासको मूल स्थितिमा समावेश गराइसकेको छ र पर्यावरणमा प्राथमिकता दिने हरित कम कार्बन हुने उच्च गुणस्तरिय विकासको बाटोमा दृढताका साथ हिंड्दै जाने छ।

यसका साथै चीनले विश्व जलवायु परिवर्तनको संचालनमा सक्रियताका साथ भाग लिइरहेको छ र ठूलो जीवन्त शक्ति थपिरहेको छ।

जलवायु परिवर्तनको सामना गर्ने काममा चीन_fororder_气候2

भविष्यमा अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भएतापनि चीनले वचनको पालना गर्दै बहुपक्षबादमा निरन्तरता दिएर आफ्नो योगदान दिने लक्ष्यको कार्यान्वयनमा ध्यान दिँदै पेरिस सन्धिलाई अघि बढाउन प्रयास गर्दै जाने छ।