चिनियाँहरूको सबभन्दा तल्लो रेखालाई चुनौती नदिन अमेरिकालाई चेतावनी
2021-10-28 15:49:34CRI
Share with:

अमेरिकी विदेशमन्त्री आन्टोनी ब्लिन्कनले अक्टोबर २६ तारिख एक वक्तव्य प्रकाशित गर्दै संयुक्त राष्ट्र संघमा थाइवानको सकारात्मक तथा अर्थपूर्ण सहभागिताको समर्थन दिने कुरा जनाउनुभएको छ। यसअघिको दिन संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनको वैधानिक स्थान पुनः प्राप्ति भएको ५० औं वार्षिकोत्सवको स्मृति दिन थियो। अमेरिकाले यस्तो अवधिमा राष्ट्र संघमा थाइवानको स्थान उठाउनुको अर्थ एक चीन भन्ने सिद्धान्तप्रति सार्वजनिक चुनौती हो र १.४ अरब चिनियाँहरूको सबभन्दा तल्लो रेखालाई गम्भीर रूपमा चुनौती दिनु हो।

चिनियाँहरूको सबभन्दा तल्लो रेखालाई चुनौती नदिन अमेरिकालाई चेतावनी_fororder_正告1

संयुक्त राष्ट्र संघ सार्वभौमसत्ता भएका मुलुकले मात्रै भाग लिनसकिने सरकार-सरकार बीचको अन्तर्राष्ट्रिय संगठन हो। जनगणतन्त्र चीन चीनको एउटै मात्र वैधानिक सरकार हो र थाइवान चीनको एक भाग भएकोले अन्तर्राष्ट्रिय संगठनका कार्यक्रमहरूमा भाग लिँदा एक चीन भन्ने सिद्धान्तको पालना गर्नुपर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरिसकेको मतैक्यता हो।

चिनियाँहरूको सबभन्दा तल्लो रेखालाई चुनौती नदिन अमेरिकालाई चेतावनी_fororder_正告2

विश्वमा एउटै प्रणाली, परिपाटी तथा एक प्रति नियमहरू छन् र सबै सदस्य मुलुकले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित उद्देश्य र सिद्धान्तको पालना गर्नुपर्छ। संयुक्त राष्ट्र संघको निर्णयलाई अपहरण गर्ने अमेरिकी मनसाय साकार तुल्याउन सकिँदैन। विश्व स्वास्थ्य संगठनले संगठनमा सर्भेक्षकको रूपमा थाइवानको सहभागिता भन्ने प्रस्तावलाई लगातार धेरै वर्षसम्म अस्विकार गरिसकेको छ र यो नै अन्तर्राष्ट्रिय समाजको अडान हो।