वास्तविक बहुपक्षबादबाट पूर्वी एशियाको संयुक्त विकासको प्रवर्द्धन गरिँदै
2021-10-29 20:58:36CRI
Share with:

१६औं पूर्वी एशियाली शिखर सम्मेलन हालै सम्पन्न भएको छ। भिडियो कन्फ्रेन्सको तरिकाबाट आयोजित सो सम्मेलनमा हातमा हात मिलाएर महामारीको प्रतिरोध गर्दै आर्थिक पुनरूत्थान तथा हरित विकासको प्रवर्द्धनमार्फत् आशियानको केन्द्रीय स्थानको समर्थन लगायत विविध प्रस्ताव चीनले प्रस्तुत गरेको छ। जसबाट पूर्वी एशियाली सहयोगमा शक्तिशाली जीवन्त शक्ति थपिएको साथै व्यवहारिक कार्वाहीमार्फत् वास्तविक बहुपक्षबादको कार्यान्वयनलाई पुनः गहन पारिएको छ।

वास्तविक बहुपक्षबादबाट पूर्वी एशियाको संयुक्त विकासको प्रवर्द्धन गरिँदै_fororder_11

यस पटकको शिखर सम्मेलन महामारी फैलिएको र अर्थतन्त्र मन्द भइरहेको पृष्ठभूमिमा आयोजित भएको हो। कठिनाइको सामना गर्दा विकासलाई प्राथमिकता दिनुपर्छ भन्ने चीनको लगातारको अडान नै हो। सम्मेलनमा चीनले यस्तो प्रस्ताव प्रस्तुत गरेको छ कि महामारीको प्रतिरोध तथा आर्थिक पुनरूत्थान यी दुईवटा चक्कासँगै चल्नुपर्छ र विश्वव्यापी विकासमा जीवन्त शक्ति लगातार थप्दै जानुपर्छ।

विकासको लागि स्थिर वातावरण आवश्यक हुन्छ। हालसम्म चीन तथा आशियान सदस्य मुलुकको संयुक्त प्रयासमा दक्षिण समुद्री परिस्थिति समष्टिगत रूपमा स्थिर छ र जहाजयात्रा तथा उडानको स्वतन्त्रतामा समस्या देखा परेको छैन। दुवै पक्षले दक्षिण समुद्र कार्वाही मापदण्ड तोक्ने छलफललाई सक्रियाताका साथ अघि बढाउँदै केही विषयबारे मतैक्यता हासिल गरिसकेका छन्। तर अमेरिकाले बहुपक्षबादको नाउँमा एशिया-प्रशान्त क्षेत्रमा संगाती बनाउँदै क्षेत्रीय शान्ति तथा स्थिरताप्रति गम्भीर धम्की दिएको छ जसबाट यसै क्षेत्रमा रहेका मुलुकहरू चिन्तित भएका छन्।

वास्तविक बहुपक्षबादबाट पूर्वी एशियाको संयुक्त विकासको प्रवर्द्धन गरिँदै_fororder_22

इतिहासबाट प्रमाणित गरिएको छ कि पूर्वी एशियाली सहयोगमा उपलब्धि हासिल हुनुको  मुख्य कारक तत्व वास्तविक बहुपक्षबादको पालना गर्नु, आशियानको केन्द्रिय स्थानको आदर गर्नु तथा यसै क्षेत्र बाहिरका ठूला मुलुकको हस्तक्षेपलाई पन्छाउनु रहेको छ। विकासको स्तर, संस्कृति तथा परम्परा, राजनैतिक अवस्था फरक भएतापनि पूर्वी एशियाली मुलुकहरूले महामारीको प्रतिरोध तथा आर्थिक पुनरूत्थानको साझा माग भएकोले सोही क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्ने क्षमता रहेको छ। हस्तक्षेपलाई पन्छाएर सहयोगमा ध्यानाकर्षण गर्दै पूर्वी एशियामा संयुक्त विकासलाई साकार तुल्याउनुका साथै महामारीपश्चात् विश्वको शान्ति तथा स्थिरताको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।