चिनियाँ राष्ट्राध्यक्ष सी तथा बेलायती प्रधानमन्त्री बीच टेलिफोन वार्ता
2021-10-29 19:58:44CRI
Share with:

अक्टोबर २९ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बेलायती प्रधानमन्त्री बोरिस जोसनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ, ‘हाल कोभिड महामारीको उतार चढाव भइरहेको छ र विश्वको आर्थिक पुनरूत्थान कठिन अवस्थामा परेको पृष्ठभूमिमा चीन-बेलायत सम्बन्धमा मौका तथा चुनौतीको सह-अस्तित्व रहेको छ। राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुक तथा विश्वका मुख्य आर्थिक एकाइ चीन तथा बेलायतले महामारिलाई चाँडै जित्ने, विश्वको संचालनको सुधार गर्ने तथा विकास एवम् समृद्धिको कार्यान्वयनका लागि योगदान गर्दै जानुपर्छ। साथै आपसी सम्बन्धलाई सही बाटोमा लगेर अघि बढ्दै जानुपर्छ।’

टेलिफोनमा बेलायती प्रधानमन्त्री जोसनले आपसी सम्बन्धको विकासबारे राष्ट्राध्यक्ष सीको विचारमा सहमति जनाउँदै पारस्परिक सदिच्छापूर्ण वार्ता तथा मैत्रीपूर्ण सहयोगलाई सबल पार्नुपर्ने पुष्टि गर्नुभएको छ। आर्थिक व्यापारिक क्षेत्र, शिक्षा, सफा उर्जा क्षेत्रमा चीनसँगको सहयोगलाई गहन पार्दै चिनियाँ लगानी बेलायतमा लगाउन स्वागत पनि प्रधानमन्त्री जोसनले गर्नुभएको छ।