चीनबाट प्रस्तुत ५ बुँदे प्रस्तावबाट जी-२० समूहको जिम्मेवारी वहनमा सहयोग
2021-10-31 16:48:56cri
Share with:

सय वर्षमा देखा नपरेको ठूलो परिवर्तन तथा महामारीको सामना गर्दा अन्तर्राष्ट्रिय आर्थिक सहयोग मञ्च जी-२० समूहले लिनुपर्ने जिम्मेवारीलाई व्यवहारमा उतार्नुपर्छ।’ अक्टोबर ३० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भिडियो तरीकाले जी-२० समूहका नेतागण बीचको १६औं शिखर सम्मेलनको पहिलो चरणको बैठकमा सम्बोधन गर्दै उक्त कुरा भन्नुभएको हो। सो अवसरमा उहाँले मानवजातिको सामु देखा परेका कठिनाइ तथा चुनौतीको सामना गर्ने ५ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ जसबाट जी-२० समूहले लिनुपर्ने जिम्मालाई व्यवहारमा उतार्ने स्पष्ट दिशा देखाइएको साथै विश्वको ठूलो मुलुक चीनले बहन गर्ने भूमिकालाई पनि देखाइएको छ।

चीनबाट प्रस्तुत ५ बुँदे प्रस्तावबाट जी-२० समूहको जिम्मेवारी वहनमा सहयोग_fororder_11

एकतावद्ध भएर सहयोग गर्दै हातमा हात मिलाएर महामारीको प्रतिरोध गर्ने, समन्वयको प्रवर्द्धन गर्दै आर्थिक पुनरूत्थानलाई अघि बढाउने, सबैको लागि फाइदाजनक र समावेशी धारणा लिएर संयुक्त विकास गर्ने, नविनताको भरमा निहित शक्ति निकाल्ने, मेलमिलापयुक्त सह-अस्तित्व गर्दै हरित तथा दिगो विकास गर्ने भन्ने विषय राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएका ५ बुँदे प्रस्ताव हुन् जुन वर्तमान अन्तर्राष्ट्रिय समाजको ध्यानसँग मेल खाएको साथै मानवजातिले चुनौतीको सामना गर्दै संयुक्त विकास गर्ने योजनाको लागि मार्गनिर्देश पनि गरिएको छ।

यसका अतिरिक्त, जी-२० समूहले विश्वव्यापी आर्थिक संचालनमा देखा परेका समस्याको कसरी सामना गर्ने भन्नेबारेमा राष्ट्राध्यक्ष सीले दुई तहबाट सुझाव प्रस्तुत गर्नुभएको छ।

चीनबाट प्रस्तुत ५ बुँदे प्रस्तावबाट जी-२० समूहको जिम्मेवारी वहनमा सहयोग_fororder_22

एकातिर जी-२० समूह सदस्य मुलुकहरूले समष्टिगत आर्थिक नीतिको समन्वयलाई सबल पार्दै नीतिको निरन्तरता, स्थिरता तथा स्थायित्वलाई कायम राख्नुपर्छ भन्ने कुरा चीनले जोड दिएको छ भने अर्कातिर विश्व व्यापार संगठन केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्दै विकासोन्मुख मुलुकको हक-अधिकार तथा विकासलाई प्रत्याभूति दिएर विश्व व्यापार संगठनको मतभेद समाधान अवस्थालाई चाँडै नै सामान्य पार्नुपर्छ भन्ने धारणा पनि चीनले राखेको छ। ती प्रस्तावहरूबाट विश्व आर्थिक परिपाटी अझ न्यायोचित, निष्पक्ष तथा उचित दिशातिर विकसित पार्दै जाने विश्वास गरिएको छ।

जी-२० समूहको महत्वपूर्ण सदस्य तथा विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीनले खुलापनलाई विस्तार गर्दै आफ्नो विकासबाट विभिन्न मुलुकको लागि अझ नयाँ र धेरै मौका ल्याउँदै जाने छ र विश्वको अर्थतन्त्रमा नयाँ जीवन्त शक्ति थप्दै जी-२० समूहले लिनुपर्ने जिम्मेवारीलाई व्यवहारमा उतार्ने ताकिता पनि गर्दै जानेछ।